दलहरू फेरिने भए पनि सरकार नफेरिएकाले जनमत पार्टी सरकारमा यथावत् रहेको उनले स्पष्ट पारे।
काठमाडौँ– जनमत पार्टी अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफूहरू सरकारबाट नबाहिरिने बताएका छन्।
अन्य पार्टीहरू आफ्नो माग पूरा नभएकाले बाहिरिएको, जनमत पार्टीका लागि सरकार छोड्नुपर्ने कुनै परिस्थिति नआएको उनले बताएका हुन्।
मंगलबार काठमाडौँमा आयोजित विद्यार्थी संघको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि अध्यक्ष राउतले भने, “जनमत पार्टीको सरकारबाट बाहिरिने कुनै परिस्थिति नै बनेको छैन।”
उनले माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकोले सरकार बदलिएको भन्न नमिल्ने बताए। दलहरू फेरिएको भए पनि सरकार नफेरिएकोले जनमत पार्टी सरकारमा यथावत् रहेको उनले स्पष्ट पारे।
“अहिले पनि माओवादीकै नेतृत्वमा सरकार छ। सरकार कहाँ बदलिएको छ त? सरकारमा सामेल भएका दलहरू फेरिएका हुन् सरकार फेरिएको छैन,” उनले भने, “त्यही भएर हामी सरकारमा यथावत् छौँ।”
अध्यक्ष राउतले राष्ट्रपतिमा आफूहरूले स्वच्छ छवि भएको र दल विशेषको भूमिका नखेल्ने व्यक्ति खोजेको उल्लेख गर्दै सोहीबमोजिमको पात्रको रूपमा रामचन्द्र पौडेललाई समर्थन गरेको बताए।
जनमत पार्टी राष्ट्रपति र सभामुख एउटै पार्टीलाई दिनु नहुने पक्षमा रहेकाले पनि पौडेललाई समर्थन गरेको उनले बताए। राष्ट्रपति र सभामुख एउटै दलको भएमा निरंकुशता जन्मिने सक्ने उनको तर्क छ। आगामी राष्ट्रपतिले संसद्बाट पारित भएका विधेयकलाई उदारतापूर्वक प्रमाणीकरण गर्नुपर्ने उनले बताए।
उनले नागरिकता विधेयक, राजबन्दीको रिहाइ र किसान आन्दोलन लगायतका आफ्नो पार्टीले उठाएको अजेन्डा सम्बोधन हुने अवस्था नआएमा सरकारलाई गरेको समर्थन फिर्ता हुनसक्ने बताए। यद्यपि, यी मागहरू पूरा गर्नका लागि सरकारलाई समय भने दिइने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
