चलचित्रले प्रदर्शनमा आएदेखि नै देशभरका अधिकांश हलका शो हाउसफुल रहेको कार्यकारी निर्माता युवराज कार्कीले बताए।
काठमाडौँ : तिहारको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आएको ‘के घर के डेरा’ले दर्शकलाई नेपाली चलचित्रतर्फ आकर्षित गराएको छ।
चलचित्रले प्रदर्शनमा आएदेखि नै देशभरका अधिकांश हलका शो हाउसफुल रहेको कार्यकारी निर्माता युवराज कार्कीले बताए।उनका अनुसार घर र डेरामा बस्ने मानिसको समस्यालाई उठाइएको यस चलचित्रको कमेडी पाटोलाई दर्शकले बढी रुचाएका छन्।
सिङ्गल स्क्रिन मात्रै नभई राजधानीका मल्टिप्लेक्स एफक्यूब, बिग मुभिज, वान सिनेमाज्, विएसआर, क्यूज सिनेमाज्, आइएनआई सिनेमाजमा पनि दर्शकको चाप उल्लेख्य रहेको कार्कीले जानकारी दिए।
चलचित्रलाई दर्शकले दिएको साथले आफूलाई उत्साहित बनाएको निर्देशक दीपेन्द्र के. खनाल बताउँछन्। के घर के डेरामा दयाहाङ राई, विपीन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रवीन्द्र झा, भोलाराज सापकोटालगायतका कलाकारको मुख्य भूमिका रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
