लिग-२ : नेपाल र पपुवा न्युगिनीविरुद्ध खेल्ने यूएईको टोली घोषणा

इमिरेट्स क्रिकेट बोर्डले आइतबार सीपी रिजवानको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।

काठमाडौँ– घरेलु टोली यूएईले आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र पपुवा न्युगिनीसँग हुने त्रिकोणात्मक ओडीआई सिरिजका लागि टोली घोषणा गरेको छ।

इमिरेट्स क्रिकेट बोर्डले आइतबार सीपी रिजवानको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पूर्वकप्तान अहमद राजा र चिराग सुरी भने समावेश छैनन्।

लिग-२ मा २८ खेल खेलेको यूएई १३ जित र १२ हारसहित २९ अंकका साथ पाँचौँ स्थानमा छ। यूएईले फागुन १८ र २२ गते नेपालसँग खेल्ने छ। यस्तै, फागुन १६ र २१ गते पपुवा न्युगिनीसँग खेल्ने छ।

यूएईको टोली
सीपी रिजवान (कप्तान), वृत्य अरविन्द, आयान खान, साबिर अली, हजरत बिलाल, अलिसान सराफु, आर्यन लक्रा, जाहूर खान, राहुल भाटिया, आसिफ खान, कार्तिक मैयाप्पन, जुनैद सिद्धिकी, मोहम्मद वासिम, रोहन मुस्ताफा