बागमती प्रदेशका मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाउँदै राप्रपाका मन्त्रीहरूले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन्।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ। राप्रपाका सबै मन्त्रीहरूले शनिबार साँझ मुख्यमन्त्री जमकट्टेलसमक्ष राजीनामा बुझाएका हुन्।
राप्रपाका तर्फबाट बागमती प्रदेश सरकारमा तीन जना मन्त्री सहभागी थिए। केन्द्रले निर्णयअनुसार प्रदेश सरकारमा सहभागी राप्रपा संसदीय दलका नेता तथा खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापा, पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले संयुक्त रूपमा राजीनामा दिएका हुन्।
संयुक्त रूपमा बुझाइएको राजीनामा पत्रमा हालै विकसित राजनीतिक घटना क्रममा कारण तीनै जना मन्त्रीहरूले संयुक्त रूपमा राजीनामा बुझाएको उल्लेख छ। “हाम्रो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले यसै (तपाईं)को नेतृत्वमा रहेको सरकारलाई दिँदै आएको समर्थन समेत आजैका मितिबाट फिर्ता लिएको जानकारी गराउँदछौँ”, राजीनामा पत्रमा भनिएको छ।
शनिबार बिहान बसेको राप्रपा कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले संघीय र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार प्रदेश सरकारबाट राप्रपा बाहिरिएको हो। प्रदेशसभामा राप्रपाका १३ सांसद रहेका छन्।
त्यस्तै, संघीय सरकारमा सहभागी मन्त्रीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष शनिबार दिउँसो नै राजीनामा दिएका थिए। उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देन, शहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले संयुक्त रूपमा प्रधानमन्त्री दाहाललाई राजीनामा बुझाएका हुन्।
शनिबार बिहान बसेको राप्रपाको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो। शुक्रबार साँझ बालुवाटारमा आठ दलीय गठबन्धन बनेसँग असन्तुष्टि जनाउँदै राप्रपा संघ र प्रदेश सरकारबाट बाहिरिएको हो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
