राप्रपाका चारै जना मन्त्रीहरूले शनिबार बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका छन्।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरूले राजीनामा बुझाएका छन्।
राप्रपाका चारै जना मन्त्रीहरूले शनिबार बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएको दाहालको सचिवालयले जनाएको छ। उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री राजेन्द्र लिङदेन, शहरी विकास मन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिचाइ राज्य मन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका छन्।
शनिबार बिहान बसेको राप्रपाको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार चारै मन्त्रीले राजीनामा दिएका हुन्। शुक्रबार साँझ बालुवाटारमा आठ दलीय गठबन्धन बनेपछि राप्रपा सरकारबाट बाहिरिएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
