‘तीन फरक विषय: फोकल्यान्ड युद्धका सिपाही, पहिलो विश्वयुद्धका चिठी र उनै जंगबहादुर’ नामक पुस्तक प्रकाशित भएको छ।
काठमाडौँ– राणा प्रधानमन्त्री जंगबहादुर राणाले आफ्ना मित्र बेलायती कूटनीतिज्ञ ब्रायन हड्सनलाई भारतमा सन् १८७५ मा भएको सैनिक विद्रोहपछि लेखेका चिठी र अन्य ऐतिहासिक प्रसंग समेटिएको पुस्तक प्रकाशित भएको छ।
शिखा बुक्सले प्रकाशन गरेको पुस्तकको नाम ‘तीन फरक विषय: फोकल्यान्ड युद्धका सिपाही, पहिलो विश्वयुद्धका चिठी र उनै जंगबहादुर’ रहेको छ।
पुस्तकको पहिलो अध्यायमा फोकल्यान्ड युद्ध लडेका सिपाहीको युद्ध–अनुभव समेटिएको छ, जसमा शंकर राई, सुक्रिम राई, जंगबहादुर गुरुङ र अन्यले युद्धका कथा भनेका छन्।
फोकल्यान्ड युद्ध लडेका शंकर राई युद्धको केही वर्षपछि बर्खास्तीमा परेका थिए। शंकरलगायत अन्य ११० जनालाई अनुशासन उलंघनको आरोपमा बर्खास्त गरिएको थियो, जसलाई ‘हवाई काण्ड’ भन्ने गरिन्छ। सुक्रिम राईले अर्जेन्टिनामा विपक्षीलाई बन्दी बनाएका थिए।
पुस्तकको दोस्रो अध्यायमा पहिलो विश्वयुद्ध लडेका नेपाली मूलका सिपाहीका चिठी समेटिएका छन्। चिठीमा उनीहरूले लडाइँबारेमा लेख्न नपाइने र आफूहरूले भोग्नुपरेको दुःखबारे लेखेका छन्।
तेस्रो अध्यायमा जंगबहादुरका केही नयाँ प्रसंग, उनको समयका केही चिठीपत्र र उनी आफैँले लेखेका चिठी समेटिएका छन्। किताब श्रीभक्त खनाल र खेमराज राजाभाटले संयुक्त रूपमा लेखेका हुन्। लेखकद्वय बेलायतमा रहेका व्यावसायिक पत्रकार हुन्।
शिखा बुक्सका पुष्पराज पौडेलका अनुसार किताबको केही समयपछि बेलायतमा एक कार्यक्रमका साथ लोकार्पण गरिने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
