धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित राष्ट्रिय प्राविमा भौतिक पूर्वाधार अभावका कारण पठनपाठनमा समस्या भइरहेको छ।
जनकपुरधाम– धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा पाँचसम्म पढाइ हुन्छ।
तर, यहाँ पठनपाठनका लागि तीन वटा मात्रै कक्षाकोठा छन्। एउटै कक्षाकोठामा फरक–फरक कक्षाका विद्यार्थी राखेर पठनपाठन गर्नुपर्दा सिकाइ गुणस्तरीय हुन सकेको छैन। विद्यार्थी सङ्ख्या पनि बर्सेनि घट्दै छ।
एकातिर कक्षाकोठाको अभाव अनि भएकै संरचनाको पनि उचित व्यवस्थापन नहुँदा यो विद्यालय संरक्षकको अभावमा बेवारिसे छोडिएको कुनै संरचनाजस्तै लाग्छ। विद्यालय हो भन्ने ठम्याउन पनि प्रवेशद्वार अड्याउनका लागि बनाइएको पर्खालको भित्तामा लेखिएको विद्यालयको नामको सहारा लिनुपर्ने अवस्था छ। यो विद्यालय २०५७ सलदेखि सञ्चालनमा छ।
२०६६ सालदेखि सरकारी मान्यता पाएर जेनतेन सञ्चालनमै रहे पनि भौतिक पूर्वाधार व्यवस्थापनमा ध्यान नदिँदा विद्यार्थी जोगाउनसमेत धौधौ छ। विज्ञान विषयकी शिक्षिका सुनिताकुमारी चौधरीले विद्यालयको भौतिक सुधार हुन नसक्दा अहिले नजिकका अभिभावकले विकल्प खोज्न थालेको बताइन्। कक्षा कोठाको अभाव, सडकसँगै जोडिएर पनि घेरा पर्खाल नहुँदाको असुरक्षा, फोहरमैला जस्ता विभिन्न कारणले विद्यार्थी पाउन मुस्किल भएको उनको भनाइ छ।
शिक्षिका पिंकी कुमारीले उपमहानगरको मुख्य बजार क्षेत्रमै भएर पनि भौतिक संरचना अभावले पठनपाठन गर्न कठिनाइ भइरहेको गुनासो गरिन्। “एउटा कक्षाको विद्यार्थीलाई पढाउँदा अर्कोले त्यही कोठामा बस्नुपर्छ। की बाहिर पठाउनुपर्छ,” उनले भनिन्, “यस्तो समस्या वर्षौंदेखि छ, विद्यार्थी र हामी पनि निराश छौँ, गुणस्तरीय सिकाइमा समस्या भइरहेको छ।”
एउटै कक्षामा फरक कक्षाका विद्यार्थी राखेर पढाउन थालेको बर्सौँ भएको प्रधानाध्यापक विन्देश्वर दासले बताए। “विद्यालयको आम्दानी छैन। भवन बनाइदिन कसैले मान्दैनन्।”
कुनै बेला एउटै कक्षामा २०० जना विद्यार्थी हुने यस विद्यालयमा अहिले कुल १०० जना मात्रै विद्यार्थी छन्। तर, ती सबै विद्यार्थी विद्यालयमा नियमित उपस्थित हुँदैनन्। कक्षा एकमा १७, कक्षा दुईमा १६, कक्षा तीनमा १२, कक्षा चारमा छ र कक्षा पाँचमा नौ जना विद्यार्थी भर्ना छन्। शिशु कक्षामा भने ४० विद्यार्थी रहेको विद्यालयको अभिलेखमा देखिन्छ। यहाँ दुई स्थायी, दुई राहत र तीन बाल विकास शिक्षक तथा दुई सहयोगी गरी आठ जना कर्मचारी छन्। नजिकै मुस्लिम धर्मावलम्बीको बसोबास रहेकाले यस विद्यालयमा सातजना बाहेक सबै सोही समुदायका बालबालिका छन्।
२०६६ सालमा विद्यालयले सरकारी स्वीकृति पाएसँगै जिम्मेवारी शुरू गरेका प्रधानाध्यापक दासले विद्यालयको यही दुरावस्थाका कारण विद्यार्थीको सङ्ख्या घट्दै गएको बताए। “गरिब पढ्ने स्कुल भनेर पो हो कि, कसैले यहाँको अवस्था सुधार्न सहयोग गर्दैनन्। यसले विद्यार्थी त घटिरहेकै छन्, सँगसँगै उपमहानगरमै यस्तो अवस्थाको विद्यालय भन्ने गरिन्छ,” प्रअ दासले भने।
विद्यालयको अवस्था सुधारका लागि पहल गर्ने उपमहानगर प्रमुख मनोजकुमार शाहले बताए। “पाँच लाख रुपैयाँ विनियोजन गरेका छौँ। मेरै कार्यकालमा विद्यालयले मुहार फेर्छ,” उनले भने। विद्यालयको भौतिक संरचना सुधारका साथै वरपरको वातावरण विद्यालयमैत्री बनाउन विषयमा छलफल भइरहेको वडा नं ८ का अध्यक्ष दिनेशकुमार सिंहको भनाइ छ।
प्रधानाध्यापक यादवले स्थानीय, प्रदेश र केन्द्र सरकारले विद्यालयको अवस्था सुधारमा सहयोग गरे उर्दु शिक्षक र अङ्ग्रेजी माध्यममा पढाइ शुरू गरेर विद्यार्थीको आकर्षण बढाउने योजना रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
