सन् २०२२ मा चार करोड ६० लाख पर्यटक भित्र्याएको साउदीले सन् २०३० भित्र वार्षिक १० करोड पर्यटक भित्र्याउने लक्ष्यसहितको बृहत् र खर्चिलो परियोजना अघि सारेको छ।
साउदी अरबले पर्यटन प्रवर्द्धनका लागि ‘गिगा परियोजना’ कार्यान्वयनमा ल्याएको छ। पछिल्लो समय पर्यटन बिस्तार र महत्तवाकांक्षी परियोजनामा लगानी गरिरहेको साउदी सरकारले विश्वकै उत्कृष्ट गन्तव्य बनाउने योजनासहित काम गरिरहेको छ।
पर्यटन यात्रा थालेको छोटो समयमै साउदीले नयाँ आर्थिक ‘इकोसिस्टम’ र विविधता विकासको लक्ष्य प्राप्तिका लागि ‘भिजन २०३०’ अन्तर्गत परियोजना अघि सारेको हो। “दिरिया शहरको संस्कृति र इतिहासको संरक्षण र प्रवर्द्धनका लागि विश्वभरका पर्यटक भित्राउन हामी प्रतिबद्ध छौँ। यहाँको सुन्दरता र परम्पराको प्रतिनिधित्वमा यस परियोजनाले सघाउनेछ,” दिरिया गेट विकास प्राधिकरणका प्रमुख कार्यकारी जेरी इन्जेरिलोले भनेका छन्।
सन् २०२२ मा चार करोड ६० लाख पर्यटक भित्र्याएको साउदीले सन् २०३० भित्र वार्षिक १० करोड पर्यटक भित्र्याउने लक्ष्यसहितको बृहत् र खर्चिलो परियोजना अघि सारेको हो। दिरिया शहरमा मात्रै वार्षिक दुई करोड ७० लाख पर्यटक पुर्याउने योजना छ।

६३ अर्ब अमेरिकी डलरभन्दा बढी लाग्ने भनिएको यो विश्वकै बृहत् र जटिल परियोजना भएको कार्यकारी प्रमुख इन्जेरिलो बताउँछन्।
यस परियोजनाको पहिलो चरणको ‘मास्टर प्लान’ सन् २०२२ को अन्त्यतीर सार्वजनिक गरिएको हो। विश्व सम्पदा सूचिमा सूचिकृत अत–तुरैफको दिरियाका नयाँ ग्यालरी र संग्रहालयहरू, शहरका पर्खालहरू, शाही दरबार र मस्जिदहरू पनि परियोजनामा समावेश हुनेछन्।
स्थानीय रेस्टुरेन्ट र संग्रहालय मात्र होइन थुप्रै आकर्षक योजनाका कारण परियोजना विशेष र खर्चिलो बनेको साउदीले जनाएको छ।
परियोजनामा १७० किलोमिटर लामो कार फ्री मिरर सिटी ‘द लाइनु’ हिउँदे खेलकुदका लागि ‘ट्रोजेना’ सहित थुप्रै सुविधासम्पन्न योजना रहनेछन्। राजधानी रियाद नजिकै अल साउद राजवंशको क्षेत्र दिरियामा ३८ वटा होटल र रेस्टुरेन्ट खोलिनेछ। जसमा विश्वका नामी ब्रान्डहरू रिट्ज कार्लटन, पार्क हयात, राफल्स पनि समावेश हुनेछन्। यस्तै, २६ वटा सांस्कृतिक आकर्षणसहित ६ वटा संग्रहालय, ४०० भन्दा बढी विलासी सामग्रीका आउटलेट र १०० भन्दा बढी आकर्षक सडक र बजार बिस्तारको योजना छ।
यस्तै, साढे दुई किलोमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएका ६ वटा पार्क ९हजारौँ रुख र बगैँचाले भरिएका प्राकृतिक मनोरम क्षेत्र०को परिकल्पना गरिएको छ। यहाँ पैदल यात्रा, साइक्लिङ, घोडचढीका सुविधा लिन सकिनेछ।
दिरियाले रियादको मुहार फेर्ने बताइएको छ। साथै, अत्याधुनिक संरचनासहितका स्मार्ट सिटीहरू बनाइने छ। “हामीले सन् २०३० सम्ममा हरेक वर्ष यस परियोजनालाई परिमार्जन र बिस्तार गर्दै लैजाने छौँ। देशको मुटुमै रहेको यस क्षेत्रलाई एक विश्वस्तरीय सांस्कृतिक हब बनाउने लक्ष्य छ,” कार्यकारी प्रमुख इन्जेरिलोले भने।

यस्तै, सार्वजनिक यातायात, मेट्रो रेल सेवासहित एक लाख मानिसका लागि नयाँ आवासीय क्षेत्र बनाइनेछ। अल साउद शाही परिवारकी राजकुमारी अल ज्वोहारा अब्दुलमोहसिन अल साउद भन्छिन्, “अल–तुरैफको जीवन र इतिहास विश्वभर चिनाउने अवसर र भूमिका पाएकोमा निकै हर्षित छु। हाम्रो कला र संस्कृति संरक्षणको हिस्सा बन्न पाउनु मेरा लागि निकै महत्त्वपूर्ण र सुखद अनुभव हो।”
साउदी अरबको कला संस्कृति, इतिहास र परम्परा बुझ्न चाहने पर्यटकका लागि दिरऐयाह राम्रो अवसर र विश्वकै प्रमुख पर्यटकीय गन्तव्य बन्नेमा विश्वस्त रहेको परियोजनाका कार्यकारी प्रमुख इन्जेरिलो बताउँछन्।
साथै, पुस्तान्तरण हुँदै आएको साउदी संस्कृति र समृद्ध इतिहासलाई उत्सवका रूपमा मनाउन र आपसमा जोड्न स्थानीयका लागि पनि यो महत्त्वपूर्ण अवसर भएको इन्जेरिलोको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
