एशिलायी छनोट खेल्ने यू–१९ टोलीको बिदाइ

नेपालले फागुन १२ गते सिंगापुर, १३ गते कुवेत, १५ गते हङकङ, १६ गते मलेसिया र १८ गते अन्तिम खेल यूएईविरुद्ध खेल्ने छ।

काठमाडौँ– आईसीसी यू–१९ विश्वकपका लागि संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजना हुने एशिलायी छनोट प्रतियोगिता खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार यूएई प्रस्थान गर्ने टोलीलाई बिदाइ गरेको हो। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्दलगायतले बिदाइ गरे।

टोली आज नै त्यसतर्फ प्रस्थान गर्ने क्यानले जनाएको छ। क्यान अध्यक्ष चन्दका अनुसार नेपालले देव खनालको कप्तानीमा प्रतियोगिता खेल्ने छ।

गत माघ १७ गते पोखरामा बसेको क्यानको बोर्ड बैठकले गुलशनलाई यू–१९ को कप्तान बनाएको थियो। तर, गुलशनले आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई र पपुवा न्युगिनीविरुद्धको त्रिकोणात्मक ओडीआई सिरिजमा सिनियर टोलीको प्रतिनिधित्व गर्ने उनले जनकारी दिए। त्यसैले कप्तानी जिम्मेवारी देवलाई दिइएको हो। गुलशनको स्थानमा क्यानले आकाश चन्दलाई यूएई पठाउने छ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा भने जगट टमाटा रहेका छन्। नेपाल रहेको डिभिजन–१ मा यूएईसँगै सिंगापुर, कुवेत, हङकङ र मलेसिया छन्। नेपालले फागुन १२ गते सिंगापुर, १३ गते कुवेत, १५ गते हङकङ, १६ गते मलेसिया र १८ गते अन्तिम खेल यूएईविरुद्ध खेल्ने छ। सबै खेलहरू नेपाली समयअनुसार बिहान १०स्४५ बजेबाट शुरू हुनेछन्।

 उमेर समूहमा बलियो मानिने यू–१९ टोलीले अहिलेसम्म ६ पटक विश्वकप खेलिसकेको छ। सन् २००२ मा श्रीलंकामा आयोजित विश्वकप पहिलोपटक खेलेको नेपाल दोस्रो चरण पुगेको थियो। त्यसपछि नेपालले सन् २००८ सम्म लगातार छनोट हुँदै विश्वकप खेलेको थियो। तर, दोस्रो चरण पुग्न सकेन।

यता, सन् २०१२ मा पनि नेपाल  पहिलो चरणबाटै बाहिरिएको थियो। सन् २०१०, २०१४, २०१७ र २०१८ को विश्वकपमा एशिलायी छनोट पार गर्न नसकेको नेपाल सन् २०१६ मा भने टमाटाकै प्रशिक्षणमा क्वार्टरफाइनलसम्म पुगेको थियो।

नेपाली टिम:

देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापा मगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुवास भण्डारी, विशाल विक्रम केसी, मिलन बोहरा, आकाश चन्द