मोटरसाइकल र ट्याक्सी चालकले न्यूनतम तलब नपाउने लगायतका समस्या देखिएकाले यूएई र कतार नपठाउने निर्णय गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
काठमाडौँ– वैदेशिक रोजगार विभागले मोटरसाइकल र ट्याक्सी चालकलाई युनाइटेड अरब इमिरेटस् (यूएई) र कतार जान रोक लगाएको छ।
यी पदमा गएका अधिकांश श्रमिक समस्यामा परेकाले पूर्वस्वीकृति रोक्ने निर्णय गरेको विभागले जनाएको छ। मोटरसाइकल र ट्याक्सी चालक पदमा त्यहाँ जाने श्रमिकले न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।
उनका अनुसार सहज रूपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन भई बस्नुपरेको अवस्था रहेको र अधिकांश श्रमिक धेरै पटक ट्राफिक कारबाहीमा परी ठूलो जरिवाना बुझाउनुपरिरहेको छ। सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासनसम्बन्धी ज्ञान र अनुभवको कमीले गर्दा दुर्घटना बढेसँगै विभागले उक्त निर्णय लिएको हो।
विभागका अनुसार अर्को निर्णय नभएसम्म यो नियम कार्यान्वयनमा रहने छ। उक्त पदको मागपत्र प्रमाणीकरण नगर्न कतार र यूएईस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरिएको विभागद्वारा प्रकाशित सूचनामा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
