सन्दीपसँग हात नमिलाएको विषयमा स्कट्ल्यान्डका प्रशिक्षक भन्छन्- हिंसालाई समर्थन गर्न हुँदैन भन्नेमा 'स्ट्यान्ड' लिन्छौँ
स्कट्ल्याडका प्रशिक्षक शेन बर्गरले नेपाली पक्षलाई पूर्वजानकारी गराएरै सन्दीपसँग हात नमिलाएको स्वीकार गरेका छन्।
काठमाडौँ– आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा शुक्रबार नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछानेसँग हात नमिलाएका स्कट्ल्यान्ड क्रिकेट टोलीका खेलाडीहरूले मंगलबारको खेलपछि पनि सोही व्यहारलाई दोहोर्याएका छन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार सम्पन्न खेलपछि नेपाल र स्कट्ल्यान्डका खेलाडी तथा अफिसियलहरूले हात मिलाएर हार्दिकता साटासाट गरेका थिए। तर, नाबालिग बलात्कारको आरोप लागेका सन्दीपसँग भने स्कट्ल्यान्डका खेलाडीले हात मिलाएनन्। यद्यपि, स्कट्ल्यान्डका अफिसियलले भने हात मिलाएर हार्दिकता साटासाट गरेका थिए।
गत शुक्रबार भने स्कटल्यान्डका अफिसियल र खेलाडीहरूले सन्दीपसँग हात मिलाउन अस्वीकार गरेका थिए। स्कट्ल्याडका प्रशिक्षक शेन बर्गरले नेपाली पक्षलाई पूर्वजानकारी गराएरै सन्दीपसँग हात नमिलाएको स्वीकार गरेका छन्।
मंगलबार नेपालसँग २ विकेटले पराजित भएपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले उक्त कुरा बताएका हुन्। "कुनै प्रकारको हिंसालाई समर्थन गर्नु हुँदैन भनेर क्रिकेटको गभिर्निङ संघको रूपमा रहेको कारण हामीले निर्णय गरेका थियौँ। हामी यो कुरामा सम्झौता गर्दैनौँ र स्ट्यान्ड लिन्छौँ," उनले भने।
राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान सन्दीपले जबरजस्ती करणी गरेको भन्दै गत भदौ २१ गते एक किशोरीले प्रहरी वृत्त, गौशालामा जाहेरी दिएकी थिइन्। त्यसपछि पक्राउ परेका उनलाई उच्च अदालत पाटनले पुस २८ गते २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
"हामीले हात नमिलाउने निर्णय लिएको हो। सबैले यो कुरालाई स्वीकार गरेका थिए। समाजको रोल मोडेल भएर नकारात्मक कुराको प्रचार गर्न मिल्दैन," उनले भने।
सन्दीपमाथि नाबालिग बलात्कारको अभियोगको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ। बलात्कारको अभियोग लागेका सन्दीपलाई नेपाली राष्ट्रिय टिममा समावेश गरेको भन्दै क्यानको आलोचना भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
