शृंखलामा शतप्रतिशत जित हासिल गरेपछिको पत्रकार सम्मेलनमा कप्तान रोहितले अभ्यस्त मैदानमा सफलता मिलेको प्रतिक्रिया दिएका छन्।
काठमाडौँ– स्कटल्यान्ड, नामिबिया र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृंखला 'स्विप' गरेपछि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले अभ्यस्त पिचबाट नेपाली टोलीले सफलता निकालेको बताएका छन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडीआई शृंखलाको अन्तिम खेलमा नेपालले च्याम्पियन स्कटल्यान्डमाथि २ विकेटको रोमाञ्चक जितपछि कप्तान पौडेलले घरेलु मैदानमा गरेको अभ्यासले सफलता मिलेको प्रतिक्रिया दिएका हुन्।
नेपाललाई रोमाञ्चक जित दिलाएका रोहितले जितपछि आफूलाई निकै राहत मिलेको बताए। शृंखलामा शतप्रतिशत जित हासिल गरेपछिको पत्रकार सम्मेलनमा कप्तान रोहितले ‘अभ्यस्त मैदानमा सफलता मिलेको’ बताएका हुन्। उनले यूएईमा हुन लागेको अर्को श्रृंखलामा पनि यसै लयलाई निरन्तरता दिने लक्ष्य लिएको उल्लेख गरे। दुबईमा हुने श्रृंखलाका लागि खेलाडीको विषयमा छलफल भइरहेको उनको भनाइ छ।
नयाँ प्रशिक्षकको नियुक्त भएसँगै ब्याटिङ सुधारमा केन्द्रित भएको टोलीले सम्पन्न शृंखलाबाट सुधारको संकेत दिएको छ। यसै शृंखलामा नेपाली खेलाडीको व्यक्तिगत तथ्यांकमा उल्लेख्य सुधार आएको छ भने नेपालले सर्वाधिक रनको लक्ष्यलाई पनि पछ्याउँदै कीर्तिमान रच्न सफल भएको छ।
शृंखलाको अन्तिम खेल जितेपछि को पत्रकार सम्मेलनमा प्रशिक्षक मोन्टी देसाईंले खेलाडीलाई दिएको जिम्मेवारी सही तरिकाले प्रयोग गर्दा सफलता मिलेको बताए। घरेलु दर्शकको उल्लासपूर्ण साथले खेलाडीले घरेलु मैदानमा पसिना बगाएर यादगार शृंखला बनाउँदा आफू पनि खुशी भएको प्रतिक्रिया दिए।
प्रशिक्षकका रूपमा नियुक्त भएपछि आफूले खेलाडीमा सम्भावना देखेको र उनीहरूको खुबीलाई निखार्ने प्रयास गर्दा मिलेको सफलतामा आफू खुशी भएको बताए। उनले नेपाली खेलाडी पनि प्रतिस्पर्धात्मक खेल खेल्न सक्छन् भन्ने विश्वास भएको बताए।
मंगलबार सम्पन्न शृंखलाको अन्तिम खेलमा कप्तान पौडेल र करण केसीले ७५ रनको साझेदारी गरेपछि नेपालले विश्वकप क्रिकेट लिग–२ को च्याम्पियन स्कटल्यान्डमाथि २ विकेटको रोमाञ्चक जित निकालेको हो। अब नेपाल लिग–२ शृंखलाअन्तर्गतको खेलका लागि नेपाल यूएई भ्रमण गर्ने तालिका छ।
भ्रमणमा नेपालले यूएई र पपुवा न्युगिनीसँग शृंखला खेल्ने तालिका छ। लिग–२ मा नेपाल २८ खेलबाट १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौँ स्थानमा छ। बाँकी रहेको ८ खेलमा कम्तिमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
