महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा ‘ओपन–एयर प्यानल’ छलफल हुने आयोजक संस्था नवमिथिला फाउन्डेसनले जनाएको छ।
काठमाडौँ– जनकपुरधाममा अगामी फागुन ११ देखि १३ गतेसम्म 'जनकपुर साहित्य महोत्सव'को आयोजना गरिने भएको छ। आइतबार जनकपुरधाममा आयोजक संस्था नवमिथिला फाउन्डेसनले पत्रकार सम्मेलन गर्दै महोत्सव तीन दिनसम्म चल्ने र महोत्सवमा विभिन्न समसामयिक विषयमा मन्थन तथा विमर्श गरिने जानकारी दिएको हो।
फाउन्डेसनका उपाध्यक्ष आदित्य नेपालका अनुसार महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा ‘ओपन–एयर प्यानल’ छलफल हुनेछ। जसमा समावेशितातर्फ ‘परिकल्पना र अभ्यास’, ‘अपन समाजके घुइरक तकलापर’ र घेघ बनल घोघ’ विषयमा बहस हुनेछ।
चौथोपटक आयोजना हुन लागेको जनकपुर साहित्य महोत्सवको ११ गते उद्घाटन हुने कार्यक्रम रहेको छ। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिइएको महोत्सव आयोजक समितिका संयोजक प्रियंका झाले जानकारी दिइन्।
उद्घाटनकै दिनमा विद्यालयस्तरीय वक्तृत्वकलाको समापन कार्यक्रम हुनेछ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई २१ हजार, ११ हजार र ५ हजार १ सय रुपैयाँसहित सम्मानित गरिने भएको छ।
महोत्सवको दोस्रो दिन ‘पर्यावरण, समावेशिताको परिकल्पना र अभ्यास’, ‘राजनीतिक अभियान र अवसर’, ‘आफ्नो समाजलाई फर्केर हेर्दा’, ‘घुघट प्रथा’ र अन्तरविद्यालय कविता प्रतियोगिता हुने आयोजकले जनाएको छ।
महोत्सवको तेस्रो दिन ‘युवा संस्कार र परिकार’, ‘मैथिली साहित्य र रङ्गमञ्चको यात्रा’, ‘दुर्व्यसन’, ‘किन आवश्यक छ उत्सव’, ‘समाजको अर्थ र सामाजिक यात्रा’, ‘हामीले गुमाएको खेलकुद’, ‘सम्झनामा प्रदीप दाइ’ तथा विविध सांस्कृतिक कार्यक्रम रहेको फाउन्डेसनका उपाध्यक्ष नेपालले जानकारी दिए।
साहित्य महोत्सवको संवाद कार्यक्रममा डा. सीके राउत, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, मास्टर सेफ सन्तोष साह, मैथिलीका प्रसिद्ध गायिका मैथिली ठाकुर पनि सहभागी हुने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
