नेपाली महिला टोली स्वदेश फिर्ता [तस्वीरहरू]

भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय महिला टोली आइतबार स्वदेश फर्किएको छ।

काठमाडौँ– नेपाली राष्ट्रिय महिला टोली स्वदेश फिर्ता भएको छ। भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेर टोली आइतबार स्वदेश फिर्ता भएको हो। उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए।

नेपाली टोलीले चेन्नाईस्थित जावहारलाल नेहरू रंगशालामा भारतसँग दुई खेल खेलेको थियो। बुधबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली भारतसँग २–२ गोलको बराबरीमा रोकिएको थियो। नेपालका लागि दुवै गोल सावित्री भण्डारीले गरेकी थिइन्। उनले खेलको ९० र दोस्रो हाफको अतिरिक्त समयमा गरेकी थिइन्। शनिबार भएको दोस्रो खेलमा भने नेपालले गोलरहित बराबरी खेलको थियो। तस्वीरहरू: