नेपाली जनताको संघर्ष र बलिदानीबाट २००७ फागुन सात गते राणा शासनको अन्त्य भई प्रजातन्त्रकाे स्थापना भएकाे थियो।
काठमाडौँ– आज फागुन सात गते। नेपाली जनता निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना भएको दिनको स्मरणमा देशभर प्रजातन्त्र दिवस मनाइँदै छ।
नेपाली जनताको संघर्ष र बलिदानीबाट २००७ फागुन सात गते राणा शासनको अन्त्य भई प्रजातान्त्रिक युग प्रारम्भ भएको थियो। प्रजातन्त्र स्थापनाका सिलसिलामा त्यस बेलाका होनहार युवा शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमालगायतले बलिदानी दिएका थिए।
राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ। निरङ्कुशताको बर्बरताबाट मुक्ति पाएको दिनका रूपमा हरेक वर्ष फागुन सात गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ।
दिवसको महत्वको स्मरण गर्दै राष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित विभिन्न दलका प्रमुखले शुभकामना दिएका छन्। प्रजातन्त्र दिवस मूल समारोह समितिको समन्वयमा काठमाडौँको टुँडिखेलमा प्रजातन्त्र दिवस भव्य रूपमा मनाइँदै छ।
सरकारी तथा गैह्रसरकारी संघसंस्थाले देशैभर विभिन्न कार्यक्रम आयोजना गरेका छन्। प्रजातन्त्र दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
