भूकम्पबाट ध्वस्त भएको भग्नावशेषबाट शनिबार घानाका फुटबलर क्रिस्टियन अत्सुको शव निकालिएको छ।
दुई हप्ताअघि टर्कीमा गएको भूकम्पमा परेर घानाका फुटबलर क्रिस्टियन अत्सुको मृत्यु भएको छ। भूकम्पबाट ध्वस्त भएको भग्नावशेषबाट शनिबार उनको शव निकालिएको हो।
उनका एजेन्टले करिब दुई हप्तादेखि सम्पर्कविहीन रहेका अत्सुको शव भग्नावशेषमा भेटिएको पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ। उनका एजेन्ट नाना सेचेरेले शनिबार उनको मृत्युको खबरलाई पुष्टि गर्दै ट्विटरमा लेखेका छन्, "म सबै शुभचिन्तकहरूलाई अत्यन्तै दुःखका साथ भन्न चाहन्छु कि क्रिस्टियन अत्सुको शव आज बिहान फेला परेको छ।"
उनले अगाडि लेखेका छन्, "उनको परिवार र प्रियजनप्रति मेरो गहिरो समवेदना छ। अत्सुका लागि प्रार्थना गर्ने सबै शुभचिन्तकहरूलाई धन्यवाद दिन चाहन्छु।"
घानाको फुटबल संघले 'लगभग दुई हप्ताको भावनात्मक यातना'पछि शनिबार बिहान अत्सुको शव फेला पारेको बताएको छ।
हातायको अन्टाक्यामा रहेको अपार्टमेन्ट भत्किएपछि ३१ वर्षीय अत्सु ६ फेब्रुअरीदेखि बेपत्ता थिए। अत्सुको मृत्यु भएको पुष्टिपछि उनको क्लब ह्याटेस्पोरले श्रद्धाञ्जली व्यक्त गरेको छ। क्लबले अत्सु अब्बल खेलाडी भएको र उनलाई सधैँ स्मरण गरिरहने जनाएको छ।
“यो दुखद क्षणलाई प्रकट गर्ने शब्द नै भेटाएका छैनौँ। तिमीलाई कहिल्यै बिर्सिने छैनौँ। अब्बल व्यक्ति, तिमीलाई शान्ति मिलोस्“, ह्याटेस्पोरले भनेको छ।
एभर्टन, चल्सी र न्यु क्यासल युनाइटेड क्लबमा आबद्ध भएर फुटबल खेलिसकेका अत्सु गत वर्ष सेप्टेम्बरमा ह्याटेस्पोर पुगेका थिए। उनी घानाको राष्ट्रिय टिमका महत्त्वपूर्ण खेलाडी हुन्। उनको मद्दतमा घाना सन् २०१५मा अफ्रिकन कपको फाइनलमा पुगेको थियो।
दुई हप्ताअघि दक्षिणी टर्की र उत्तरी सिरियामा गएको भूकम्प र त्यसपछि आएका परकम्पका कारण ४५ हजारभन्दा बढी मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। त्यस्तै, अझै कैयन् बेपत्ता रहेको बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
