पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लगातारको जितले आत्मविश्वास बढेको र 'ड्रेसिङ रुम'मा प्रशिक्षकले मिलाएको सहजताका कारण ब्याटिङमा सुधार भएको बताएका छन्।
काठमाडौँ– नामिबियाविरुद्ध कीर्तिमानी साझेदारी गर्दै नेपाललाई जित दिलाएपछि नेपाली टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पिचले साथ दिँदा लगातार सफलता मिलेको बताएका छन्।
शनिबार नामिवियाविरुद्ध ज्ञानेन्द्र र आशिफले कीर्तिमानी साझेदारी गर्दै टोलीलाई जिततर्फ डोर्याएको खेलमा पूर्वकप्तान ज्ञानेन्द्रले पिचले साथ दिएको प्रतिक्रिया दिएका हुन्। यस्तै उनले नयाँ प्रशिक्षकको प्रशिक्षणमा पनि टोलीमा राम्रो प्रदर्शन भएको उल्लेख गरे।
ज्ञानेन्द्रले पहिलेभन्दा अहिलेको विकेट धेरै राम्रो भएको, विगतभन्दा अहिले खेलाडीहरूमा परिपक्वता बढेको बताए। पहिलो खेलबाट प्राप्त नतिजाले लगातारका खेलमा सुखद नतिजा निकाल्न सहयोग मिलेको उनको भनाइ छ। लगातारको जितले आत्मविश्वास बढेको र 'ड्रेसिङ रुम'मा प्रशिक्षकले मिलाएको सहजताका कारण पनि ब्याटिङमा सुधार आएको ज्ञानेन्द्रको प्रतिक्रिया छ।
यस्तै, आशिफ शेखले टिमभित्रको वातावरण राम्रो भएको र खेलाडी अहिले ठूलो टार्गेट पूरा गर्न सकिरहेको बताए। अघिल्लो दुई खेलमा आफ्नो ब्याट चल्न नसकेको दुःखी देखिएका आशिफले शनिबारको खेलमा रन बनाउन सक्दा खुशी लागेको प्रतिक्रिया दिए। नेपालले लगातार जित निकाल्दा प्रशिक्षक मोन्टी देसाईको भूमिका निकै राम्रो भएको बताए।
ओपनर आशिफ सेख र अनुभवी ब्याटर ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारीमा नेपालले शनिबार नामिबियामाथि तीन विकेट जित निकाल्दै त्रिकोणात्मक श्रृंखलामा पहिलो पटक लगातार तेस्रो जित निकालेको छ। यसले नेपालको एक दिवसीय मान्यता जोगिने सम्भावना कायमै रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
