राष्ट्रपति निर्वाचनको विषयलाई लिएर एमाले र माओवादीबीच सहमति जुट्न सकेको छैन।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्। केहीबेर अघि बालकोट पुगेका प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता जारी रहेको ओलीको सचिवालयले जनाएको छ।
राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्री दाहाल बालकोटस्थित एमाले अध्यक्ष ओलीको निवास पुगेका हुन्। यसअघि बिहीबार बिहान प्रधानमन्त्री र अध्यक्ष ओलीबीच करिब २ घण्टा बालुवाटारमा छलफल भएको थियो।
राष्ट्रपति निर्वाचनको विषयलाई लिएर एमाले र माओवादीबीच सहमति जुट्न सकेको छैन। एमालेले पुस १० मा भएको सहमतिअनुसार गठबन्धनको तर्फबाट एमालेले उम्मेदवारी दिने बताउँदै आएको छ। नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेको छ।
माओवादीले राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेपछि केही दिनदेखि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल भइरहेको हो। तर, सहमति जुटन भने सकेको छैन। अहिले बालकोटमा भइरहेको भेटवार्तामा पनि राष्ट्रपतिकै विषयमा छलफल केन्द्रित रहने बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
