फागुन सात गतेसम्म चल्ने उत्सवमा विभिन्न क्षेत्रका ६० जना वक्ताले बोल्ने कार्यक्रम छ।
कर्णाली– प्रदेश राजधानी वीरेन्द्रनगरस्थित बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’को चौथो संस्करण शुक्रबार शुरू हुँदै छ।
आयोजक ऋति फाउन्डेसनका संयोजक कमल लम्सालका अनुसार तीन दिनसम्म हुने उक्त उत्सव सरोकारवालालाई प्रश्न र उत्तर गर्ने माध्यमका रूपमा लिइएको छ। “यसअघि कर्णालीका विभिन्न क्षेत्र समेटिने गरी ५० भन्दा बढी सवालमा गरिसकेका छौँ। विचारको बहसबाट साझा विवेक र चेतनाको विकास भएको छ,” उनले भने, “कर्णालीको समग्र क्षेत्र समेटिने गरी कार्यक्रमको ढाँचा तयार गरिएको छ।”
उत्सवको सवाल तथा विषयवस्तु तयारी टोलीका संयोजक प्रकाश लामिछानेले कम्तीमा १६ वटा सत्रमा ६० भन्दा बढी वक्ता बोल्ने कार्यक्रम रहेको बताए। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उत्सवको उद्घाटन गर्नेछन्। पहिलो दिन राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले चौथो ‘संस्करणसम्म आइपुग्दा’ र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ‘हामी कसरी जोडियौँ?’ विषयमा प्रस्तुति राख्ने कार्यक्रम छ।
तातोपानी निवासी नारायणी चौलागाईंले ‘कर्णाली उत्सवदेखि लाम्रा संवाद’सम्मको विषयवस्तु राखेपछि निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले ‘निर्वाचन र लोकतन्त्र’का विषयमा भनाई राख्ने कार्यक्रम रहेको लामिछानेले बताए। ‘कर्णाली चिन्तन’ शीर्षकमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह वक्ता छन्। दोस्रो, तेस्रो, चौथो र पाँचौँ सत्रमा क्रमशः ‘कर्नाली खेल्दो छ’, ‘यो सहर–त्यो रहर’, ‘भोट र भेट’, ‘शिक्षा र समर्पण’ शीर्षकमाथि १० जना वक्ताले बहस गर्नेछन्।
कर्णालीको पैकेलो (नायक)का रूपमा गायक सुरज पण्डितलाई सम्मान गरिनेछ। साँझमा सांगीतिक कार्यक्रम गरिने आयोजकले जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
