आईसीसीले पुरुष टेस्ट वरीयता हेरफेरका क्रममा प्राविधिक त्रुटि भएको भन्दै माफी मागेको छ।
काठमाडौँ– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले बुधबार पुरुष टेस्ट वरीयता हेरफेरका क्रममा त्रुटि भएको भन्दै माफी मागेको छ। बुधबार भारतीय टोली लगभग ६ घण्टा टेस्टमा नम्बर एक टोली बनेको थियो।
भारत एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र टी-२० आईमा पहिले नै नम्बर एक थियो। यस्तो अवस्थामा भारत ६ घण्टा तीनै ढाँचामा नम्बर एक टोली बन्यो। बुधबार साँझ आईसीसीले पुनः वरीयतामा परिवर्तन गर्दै भारतलाई टेस्टको नम्बर एक स्थानबाट हटाएर अस्ट्रेलियालाई नम्बर एक बनाएको हो।
बिहीबार आईसीसीले गल्ती स्वीकार गर्दै प्राविधिक गडबडीका भएको जनाएको छ। "वेबसाइटमा प्राविधिक गडबडीका कारण भारतलाई गल्तीले नम्बर एक टेस्ट टोलीका रूपमा देखाइएको थियो," विज्ञप्तिमा भनेको छ।
अस्ट्रेलियाले शुक्रबारदेखि दिल्लीमा शुरू हुने दोस्रो टेस्टमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। भारत आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२१-२३ को फाइनलमा पुग्ने दौडमा छ। अस्ट्रेलिया पनि मार्की इभेन्टको फाइनलमा पुग्ने दौडमा छ। फाइनल जुन ७ देखि ११ सम्म लन्डनको ओभल स्टेडियममा हुनेछ। पहिलो टेस्टमा भारतले अस्ट्रेलियालाई इनिङ्स र १३२ रनले पराजित गरेको थियो।
बुधबार दिउँसो आईसीसीले वरीयता अपडेट तत्कालीन शीर्ष स्थानमा रहेको भारतको ११५ रेटिङ पोइन्ट थियो भने दोस्रो स्थानमा रहेको अस्ट्रेलियाको १११ रेटिङ पोइन्ट थियो। बुधबार साँझ पुनः वरीयता अद्यावधिक गर्दा अस्ट्रेलियाली टोली १२६ रेटिङ पोइन्टसहित शीर्ष स्थानमा उक्लिएको छ। योसँगै भारतको रेटिङ पोइन्ट ११५ रहेको छ।
जनवरी १८ मा पनि आईसीसीले वरीयतामा यस्तै गल्ती गरेको थियो। दिउँसो भारतलाई आफ्नो आधिकारिक वेबसाइटमा नम्बर एक टेस्ट टोली घोषणा गरेको थियो। साढे दुई घण्टापछि भारतलाई शीर्ष स्थानबाट हटाएर दोस्रो स्थानमा झारेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
