प्रहरीले रवि लामिछानेको राहदानीबारेको जाहेरी दर्ता नगरेको भन्दै युवराज पौडेलले सरकारी वकिलको कार्यालयमा निवेदन दिएका थिए।
काठमाडौँ– जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी विरुद्धको जाहेरी दर्ता गर्न नपर्ने जनाएको छ।
राहदानीको विषयमा अनुसन्धान गर्न माग राख्दै युवराज पौडेलले गत माघ २४ गते कार्यालयमा निवेदन दिएका थिए। यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेकाले अर्को जाहेरी दर्ता गर्नु आवश्यक नरहेको कार्यालयको भनाइ छ। सहन्यायाधिवक्ता अच्यूतमणि नेउपानले पौडेललाई लेखेको पत्रमा भनिएको छ, “तपाईँले यस कार्यालयमा २०७९ माघ २४ मा पेस गर्नुभएको जाहेरी दरखास्त उपर जिल्ला प्रहरी परिसर, काठमाडौँमा अनुसन्धान भइरहेको भन्ने देखिएकाले सोही विषयसम्बन्धी जाहेरी दरखास्त उपर यस कार्यालयमा केही गर्न नपर्ने बेहोरा जानकारी गराइन्छ।’
लामिछानेले राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क)ले निषेधित गरेको जानीजानी झूटो विवरण दिएर राहदानी लिने कसूर गरेको भन्दै पौडेलले परिसरमा जाहेरी दिएका थिए। तर प्रहरीले उक्त जाहेरी दर्ता नगरेको भन्दै सरकारी वकिलको कार्यालयमा अर्को निवेदन दिएका थिए।
पौडेलले पाँच वर्षसम्म कैद र हदैसम्म जरिबानासमेत गर्ने गरी मुद्दा चलाएर कारबाही गर्न माग गरेका छन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
