अर्थमन्त्री पौडेलले सरकारले औचित्य, आवश्यकता र प्राथमिकताका आधारमा बजेट कार्यान्वयनको प्रक्रियालाई अघि बढाएर आयोजना छनोट गर्ने बताएका छन्।
काठमाडौँ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भनसुनका आधारमा योजना छनोट गर्ने जमानाको अन्त्य भएको बताएका छन्।
मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा मन्त्री पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा सभालाई जानकारी गराउँदै यस्तो बताएका हुन्। सो क्रममा सांसदले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले बजेटको मध्यावधि समीक्षा नगरे बजेट कार्यान्वयनमा झनै धेरै चुक्ने बताए।
उनले नेपालमा अब भनसुनका आधारमा योजना छनोट नहुने दाबी गरे। “अब नेपालमा भनसुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भएको छ। मैले बारम्बार भन्ने गरेको छु, भनसुनको आधारमा योजना छनोट गर्ने आवश्यक हो कि होइन, त्यो आयोजना आवश्यक हो, होइन भन्ने कुरा अध्ययनका आधारमा यकिन हुनुपर्छ”, उनले भने।
मन्त्री पौडेलले योजनाहरू आवश्यकताका हुन् वा होइनन् भन्ने अध्ययन गरेर मात्रै डीपीआर बनाउने, अरू युटिलिटीका कामहरू सकिसकेपछि आयोजनालाई कार्यान्वयनमा लैजाने विषयको प्राथमिकीकरण गरेर कार्यान्वयनमा जानेमा सरकार प्रतिबद्ध रहेको बताए। उनले वर्तमान सरकार औचित्य, आवश्यकता र प्राथमिकताका आधारमा बजेट कार्यान्वयनको प्रक्रियालाई अघि बढाएर आयोजना छनोट गर्न संकल्पबद्ध रहेको स्पष्ट पारे।
मंगलबारको बैठकमा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७८/०७९ सभासमक्ष पेस गरेका थिए। कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकारबाट मन्त्रिपरिषद्को मिति २०७९ असोज २८ गतेको निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाऊ आदेश सभासमक्ष पेस गरे।
त्यस्तै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाका पूर्वसांसद कर्मा घलेको निधनमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए। राष्ट्रियसभाको अर्को बैठक फागुन १४ गते आइतबार १ बजेर १ मिनेटमा बोलाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
