महासंघका अध्यक्ष भरत भट्टराईले सरकारले ४८ घण्टाभित्र मोबाइल व्यवसायीका माग सम्बोधन नगरे देशव्यापीरूपमा आन्दोलन गर्ने चेतावनी दिएका छन्।
काठमाडौँ– नेपाल मोबाइल व्यवसायी महासंघले यातायात मजदुरको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ। मंगलबार महासंघले नयाँ बसपार्कको ल्होत्से मलमा पत्रकार सम्मेलन गर्दै सोमबार यातायात मजदुरको प्रदर्शनका क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति आन्दोलन गर्ने संगठन र सरकारले दिनुपर्ने माग गरेको हो।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष भरत भट्टराईले सरकारले ४८ घण्टाभित्र मोबाइल व्यवसायीका माग सम्बोधन नगरे देशव्यापी रूपमा आन्दोलन गर्ने चेतावनी दिए। उनले १५ घण्टा हुँदासम्म राज्य घटनाप्रति मौन बसेको भन्दै व्यवसायीको पक्षमा सरकार नदेखिएको आरोप लगाए। उनले बसपार्कको ल्होत्से मलको मोबाइल पसलमा भएको लुटपाटको क्षतिपूर्ति आन्दोलनकारी र राज्यले लिनुपर्ने बताए। उनले सरकारले पसल लुटपाट पर्नेहरूको अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउन माग गरे।
अध्यक्ष भट्टराईले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको बताए। उनले सोमबारको घटनाबाट मुलुकको सुरक्षा व्यवस्था कति कमजोर छ भन्ने पुष्टि हुने भन्दै व्यवसायीले निर्धक्क भएर व्यवसाय गर्ने वातावरण पनि नभएको सन्देश प्रवाह भएको बताए।
त्यस्तै, महासंघका उपाध्यक्ष तथा लुटपाट भएको पसलका सञ्चालक अर्जुन चालिसेले सामान्य व्यवसायीले गरिखानेसमेत ठूलो समस्या आएको भन्दै राज्यले व्यवसायलाई सुरक्षित बनाउन नसकेको बताए। उनले ल्होत्से मलमा रहेका चालिसेको एसीडीसी मोबाइल पसल र डायमन्ड स्टार इन्भेस्टमेन्ट ग्रुप प्रालिका दुई वटा मोबाइल पसलमा नै लुटपाट भएको बताए। उनले केही लुटपाट गर्नेहरूलाई पक्राउ गरेर प्रहरीलाई बुझाएको बताए।
त्यस्तै, महासंघका महासचिव रमेश घिमिरेले आफ्नो व्यवसाय गरे जीविकोपार्जन गर्ने सुरक्षित वातावरण नभएको गुनासो गरे। उनले यातायात मजदुरले आन्दोलनको नाममा पसलहरू लुटपाट गर्ने काम भएको भन्दै घटनाको जिम्मा सरकार वा आन्दोलनकारी दुवैले लिनुपर्ने बताए।
मोबाइल व्यवसायीले काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्नलाई कारबाही र पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। सोमबार ल्होत्से मलमा सञ्चालित पसलका सिसा र सटर फोरेर मोबाइल लुटिएको जनाएको महासंघले जनाएको छ।
पसल तोडेर मोबाइल लुट्दै गरेको दृश्य कैद भएका भिडियो सामाजिक सञ्जालमा पोस्ट भएका छन्। पसलको सीसीटीभी फुटेजसमेत सार्वजनिक भएको छ। महासंघले क्षतिपूर्ति र सुरक्षा माग गर्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायतमा ज्ञापनपत्र बुझाउने भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
