चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल केन्द्रीय भूमिकामा छन्।
काठमाडौँ– चलचित्र ‘बहाव’को पहिलो झलक सार्वजनिक भएको छ। ‘राष्ट्रिय अवार्ड’ प्राप्त चलचित्र ‘गोपी’ का निर्माता श्रीधर पौडेलले अर्को चलचित्र बनाएका हुन्।
स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल केन्द्रीय भूमिकामा छन्। चलचित्र प्रमोद कँडेलको लेखन र निर्देशनमा तयार भएको हो। पोस्टरमा अभिनेत्री पन्त सुँगासहितको पिँजडालाई हातमा लिएर उभिएकी छन्।
“जिज्ञासा, विचार अनि यथार्थको कथामा तयार गरिएको चलचित्रको पोस्टरले कथासार दर्साउने छ। खोजीमा भइरहेको अवस्थाको विद्रोहलाई समेटेका छौँ”, कँडेलले भने, “जिज्ञासु स्वभावले निम्त्याउने उतारचढावका परिस्थितिबाट आउने हलचललाई कसरी अघि बढाउन सकिन्छ भन्ने यसले बुझाउँछ।”
अफरान अली, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठसमेतको अभिनय रहेको चलचित्रमा सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
