महिलालाई अन्तरिक्षमा पठाउँदै साउदी अरब

साउदी अरबले महिला अन्तरिक्षयात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउने योजना अघि सारेको छ।

साउदी अरबले सन् २०२३ मा पहिलो साउदी महिला अन्तरिक्षयात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाउने योजनाको घोषणा गरेको छ।

साउदी महिला अन्तरिक्ष यात्री राययानाह बर्नावी र पुरुष अन्तरिक्ष यात्री अली अल–कर्नीलाई एक्स–२ अन्तरिक्ष मिसनको चालक दलका सदस्यसँगै अन्तरिक्षमा पठाइनेछ। उनीहरू अन्तरिक्षमा जाने पहिलो साउदी अन्तरिक्ष यात्री पनि हुनेछन्।

यस कदमको उद्देश्य मानव अन्तरिक्ष उडानमा राष्ट्रिय क्षमता वृद्धि गर्नुका साथै स्वास्थ्य, स्थिरता र अन्तरिक्ष प्रविधि जस्ता क्षेत्रमा वैज्ञानिक अनुसन्धानमा योगदान पुर्‍याउनु रहेको साउदीले जनाएको छ।

यो कदम साउदी मानव अन्तरिक्ष उडान कार्यक्रमको एक भागको रूपमा हो। यस कार्यक्रममा थप दुई पुरुष र महिला अन्तरिक्ष यात्रीहरूलाई सबै मिसन आवश्यकताहरूमा प्रशिक्षण दिनु पनि समावेश छ।