नेपाल-भारतका परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौँस्थित होटल याक एन्ड यतीमा शुरू भएको छ।
काठमाडौँ- नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरू भएको छ।
बैठक सोमबार मध्यान्ह काठमाडौँस्थित याक एन्ड यति होटलमा शुरू भएको हो। बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव विनयमोहन क्वात्रासहित मन्त्रालयका कर्मचारीहरू सहभागी छन्।
परराष्ट्रसचिव पौडेलको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौँ आइपुगेका क्वात्रा काठमाडौँ उत्रिएलगत्तै दुई देशबीचको सचिवस्तरीय बैठकमा सहभागी भएका हुन्।
सचिवस्तरीय बैठकमा नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा उनीहरूबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने जनाइएको छ।
सचिव स्तरीय बैठकपछि आजै परराष्ट्र मन्त्रालयले उनको सम्मानमा आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन्।
भोजपछि भारतीय विदेश सचिवले परराष्ट्रमन्त्री विमला राईसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
त्यस्तै, उनले आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट्ने कार्यक्रम छ। भेटका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन्।
त्यस्तै, क्वात्राले सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ। उनले मंगलबार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने कार्यक्रम छ भने मंगलबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी स्वदेश फर्कने कार्यक्रम रहेको छ।
विदेश सचिवको कार्यभार सम्हालेपछिको क्वात्राको यो पहिलो नेपाल भ्रमण हो। दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरूप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
