यसरी शरीरलाई त्यहाँ राख्न चाहनेले करीब २ लाख डलर खर्च गर्नुपर्ने हुन्छ। केबल दिमागलाई मात्र राख्न चाहेमा ८० हजार डलर खर्च लाग्छ।
मानिसको मृत शरीर पनि दोस्रो जीवनको प्रतीक्षामा छ भन्ने कुरा आश्चर्यजनक छ। तर, यो साँचो हो। अमेरिकाको एरिजोना राज्यस्थित अलकोर नामक गैरनाफामूलक एक सस्था छ, जहाँका मानिसहरूका लागि जीवन र मृत्यु रोकिएको जस्तै छ।
विश्वमा भविष्यमा हुने प्रविधिको विकासले मृत शरीर बचाउन सक्छ भन्ने विश्वास गर्ने मानिसले आफू र आफन्तका शव यहाँ सुरक्षित राखेका छन्। केही मानिस मृत्युअघि नै यसका लागि उनीहरू तयार थिए भने केहीले आफ्ना आफन्तको शव यहाँ राखेका छन्। उनीहरूले ती शव जीवित हुने विश्वास गर्छन्। यस्तै आशामा शवलाई सुरक्षित राखिएको हो।
यस्तो विश्वास गर्ने मानिसहरूका १९९ वटा शव नाइट्रोजन भरिएका टंयाकीभित्र राखिएको छ। जसमध्ये सबैभन्दा कम दुई वर्षकी बालिका माथेरिन नाओवारातपोंग छिन्। सन् २०१५ मा मस्तिष्कको क्यान्सर भएपछि धेरै पटक शल्यक्रिया गर्दा पनि निको हुन नसकेर ती बालिकाको मृत्यु भएको थियो।
मिश्रमा हजारौँ वर्ष पहिले मृत्युपछि शवलाई सुरक्षित राख्ने परम्परा रहँदै आएको छ। राजा, राजपरिवारका सदस्य र अन्य प्रमुख मानिसको शवलाई 'ममी' बनाएर राख्ने गरिएको छ। मृत्युपछि यिनीको आत्मालाई राम्रो जीवन मिलोस् भन्ने कामनासहित ममी बनाएर राख्ने गरिन्थ्यो। तर, त्यतिबेला ममी बनाउनका लागि शरीरको टाउकोभित्र दिमागसहित शरीका सबै भित्रीभाग निकालेर बाहिरी भाग मात्र राखिन्थ्यो। त्यसपछि शवलाई सोडियम कार्बोनेट, सोडियम बाई कार्बोनेट, सोडियम क्लोराइड र सोडियम सल्फेटको घोल लगाएर सुकाइन्थ्यो। त्यसपछि पनि त्यसभित्र विभिन्न प्रकारका मसला भरेर सुरक्षित गरिन्थ्यो।
तर, यो प्रक्रियाको तुलनामा कायोप्रिजर्वेसन प्रक्रिया निकै फरक छ। यो प्रक्रिया कुनै पनि व्यक्तिको मृत्यु भएको कानूनी घोषणापछि मात्र शुरू हुन्छ। यस प्रक्रियामा मृत शरीरबाट रगत र अन्य तरल पदार्थ निकालिन्छ र त्यसको स्थानमा एक विशेष रसायन भरिन्छ। त्यस रसायनले बरफबाट बन्ने हानिकारक कण बन्नबाट रोक्ने काम गर्छ। अत्यधिक कम तापक्रममा शरीरलाई सिसाजस्तो बनाएपछि एरिजोनास्थित एलकोर केन्द्रमा ट्ंयाकीभित्र राखिन्छ। ती शवलाई यहाँ तबसम्म राखिन्छ जबसम्म मानिसले मृतलाई पनि ब्यूताउने प्रविधिको विकास गर्दैनन्।
यसरी शरीरलाई त्यहाँ राख्न चाहनेले करीब २ लाख डलर खर्च गर्नुपर्ने हुन्छ। केबल दिमागलाई मात्र राख्न चाहेमा ८० हजार डलर खर्च लाग्छ। एल्कोर सञ्चालन गर्ने जीवित मानिसले यसको भुक्तानी जीवन बिमाका योजनामार्फत कम्पनीलाई चलाइरहेका छन्। यस कम्पनीलाई त्यहाँको खर्च जति नै रकम उपलब्ध हुने गरेको छ।
एलकोरमा लैजाने परिवारहरूले यस प्रक्रियालाई भविष्यको यात्राका रूपमा लिने गरेका छन्। मृत्यु जीवनको अन्त्य नभएर एक रोग भएको र यो प्रविधिको विकाससँगै निको पार्न सकिने उनीहरूको विश्वास छ।
तर, मेडिकल क्षेत्रका काम गर्ने अधिकांश मानिसहरू यस मान्यतासँग सहमत छैनन्। भविष्यका लागि शवलाई बरफजस्तै जमाएर राख्ने कार्य साइन्स फिक्शन जस्तो भएको धेरैको बुझाइ छ। शवलाई मृत्युपछि पनि बचाउन सकिने सोच केही व्यक्तिहरूमा मात्रै छ। जसले यिनीहरूको कुरामा विश्वास गर्छन् उनीहरूलाई आर्थिक सहयोगसमेत गर्दै आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
