सार्वजनिक बिदा भएपनि अत्यावश्यक बैंकिङ सेवा खुला राख्न राष्ट्र बैंकको निर्देशन

राष्ट्र बैंकले एक सूचना जारी गर्दै आज देशैभरका बैंक १० बजेदेखि १ः३० बजेसम्म खुला राख्न निर्देशन दिएको छ।

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (फागुन १ गते) सार्वजनिक बिदाको दिन पनि  बैंक खोल्न निर्देशन दिएको छ।

आइतबार मन्त्रिपरिषद् बैठकले ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि राष्ट्र बैंकले देशैभरका बैंक १० बजेदेखि १ः३० बजेसम्म खोल्न निर्देशन दिएको हो। 

 

राष्ट्र बैंकले एक सूचना जारी गर्दै ‘जनयुद्ध दिवस’ का अवसरमा सरकारले बिदा दिएको भए पनि बैंकहरूलाई उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न भनेको छ।

सूचना: