बिहीबार विमानस्थलको अनुगमनका क्रममा मन्त्री किराँतीले ट्राभलेटर निर्माणकर्ता कम्पनीबाट तत्काल मर्मतसम्भार गराउन निर्देशन दिएको विमानस्थल कार्यालयले जनाएको छ।
काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युतीय सिँढी (ट्राभलेटर)को समस्या यथाशीघ्र समाधान गर्न आईएमएस ग्रुपलाई निर्देशन दिएका छन्।
विमानस्थलको अन्तर्राष्ट्रिय आगमन क्षेत्रतर्फ रहेको ट्राभलेटरमा अड्किएर यात्रुहरू लड्ने गरेको गुनासो आउने गरेको थियो।आईएमएस समूहले ३० वर्षसम्म सञ्चालन गर्नेगरी ट्राभलेटर निर्माण गरेको थियो। बिहीबार विमानस्थलको अनुगमनका क्रममा मन्त्री किराँतीले ट्राभलेटर निर्माणकर्ता कम्पनीबाट तत्काल मर्मतसम्भार गराउन निर्देशन दिएको विमानस्थल कार्यालयले जनाएको छ।
मन्त्री किराँतीले विमानस्थलमा उच्चस्तरको सरसफाइ कायम गर्न, यात्रुको उच्च चाप धान्ने गरी लिफ्टको व्यवस्था गर्न, ट्रलीहरू हरहमेसा चुस्तदुरुस्त अवस्थामा राख्न, विमानस्थल परिसरको सरसफाइ नियमित गर्न र यात्रुहरूका लागि आवश्यक ‘साइन’ स्पष्ट र सबैले बुझ्ने गरी राख्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्।
मन्त्रीको निर्देशनअनुसार त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय आगमन क्षेत्रतर्फ विद्युतीय सिँढीमा यात्रु लड्ने समस्या पूर्ण रूपमा समाधान भएको र सोही स्थानमा १० जना अटाउने क्षमताको थप एउटा लिफ्टको व्यवस्थाको कारबाही अगाडि बढेको विमानस्थल कार्यालयले जनाएको छ।
त्यस्तै, विमानस्थल कार्यालयले यात्रुको चाप नरहेको अवस्थामा सरसफाइको व्यवस्था मिलाइएको र ट्रलीको मर्मत गर्न विमानस्थलमा ट्रली मर्मत केन्द्र स्थापना गरिएको जनाएको छ। साथै अपुग थप ५०० ट्रली खरिदका लागि टेन्डर मूल्यांकनको चरणमा रहेको पनि कार्यालयको भनाइ छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
