भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक चिसो र निरन्तरको वर्षाले जनजीवन थप कष्टकर बनेको सरकारी अधिकारीहरूले बताएका छन्।
टर्की र सिरियामा सोमबार गएको शक्तिशाली भूकम्पमा भत्किएका संरचनामा फसेकाहरूको खोजी र उद्धारमा कठिनाइ भएको छ। निरन्तरको वर्षा र अत्यधिक चिसोका कारण उद्धारमा कठिनाइ भएको हो।
उद्धार र खोजी कार्यमा २४ हजार ४०० जना उद्धारकर्ता खटिएको सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार संस्था ‘द गार्डियन’ले लेखेको छ।
भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक चिसो र निरन्तरको वर्षाले जनजीवन थप कष्टकर बनेको सरकारी अधिकारीहरूले बताएका छन्।
भूकम्पको केन्द्रबिन्दु गाजियान्टेपमा दिनको समयमा माइन ४ देखि ६ डिग्री सेल्सियस तापक्रम रहेको छ। यहाँ रातको समयमा माइनस ७ डिग्री र पहाडी तथा ग्रामीण क्षेत्रमा माइनस १५ डिग्री सेल्सियस तापक्रम रहने गरेको छ। तर, सिरियामा भने १० देखि १२ डिग्री र रातको समयमा माइनस ३ डिग्री सेल्सियस रहने गरेको बीबीसीले जनाएको छ।
भूकम्पमा परी अहिलेसम्म ५ हजारभन्दा बढी व्यक्तिहरूको मृत्यु भएको छ। टर्कीमा मात्रै ३४ सयभन्दा बढी र सिरियामा १६ सयको मृत्यु भएको छ। यस्तै, १५ हजारभन्दा बढी घाइते भएको बीबीसीले उल्लेख गरेको छ।
भूकम्पमा परी ५ हजार ७७५ वटा भवनहरू पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ।
उद्धारकर्ताहरूले थुप्रै पीडितहरू भेटेकाले भूकम्पमा परी मृत्यु हुनेको संख्या नाटकीय रूपले बढ्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ। परकम्प जाने क्रम जारी रहेकाले सडकमा निस्किएका अधिकांश मानिस घर फर्किन डराइरहेका छन्।
मानवीय सहायताका लागि टर्कीले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)लाई औपचारिक पत्र पठाएको छ। यस्तै, सहयोगका लागि अन्तर्राष्ट्रिय समुदाय तथा संघ–संस्थालाई अपिल गरिएको छ।
भूकम्प प्रभावितलाई आर्थिक तथा मानवीय सहयोग गर्न ब्रिटिस रेड क्रस, इस्लामिक रिलिफ, अक्सफार्म, डक्टर्स वीदआउट बोडर्स अस्ट्रेलिया, केयर अस, सेभ द चिल्ड्रेन यूएस, युनिसेफ लगायतका संघ–संस्थामार्फत सहयोग गर्न आग्रह गरिएको छ।
टर्कीको दक्षिण–पूर्वी क्षेत्रको सिरियाली सीमा सोमबार ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि अहिलेसम्म कम्तिमा १२० वटा परकम्प गएको टर्कीको विपद् तथा आकस्मिक व्यवस्थापन एजेन्सी (एएफएडी) ले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
