चन्दननाथ नगरपालिका–१ स्थित स्थानीय लोकबहादुर भण्डारीको घरमा आगलागीमा उनकी १४ वर्षकी छोरी बन्दनाको मृत्यु भएको छ।
जुम्ला– चन्दननाथ नगरपालिका–१ मा आगलागीबाट १४ वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीय लोबहादुर भण्डारीको घरमा आगलागी हुँदा उनकी छोरी बन्दनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीका अनुसार आइतबार राति साढे १० बजेतिर आगलागी भएको थियो। प्रहरीका अनुसार तीन तले घरमा लोकबहादुरकी सासू, श्रीमतीसहित ७ जना सुतेका थिए। नगरपालिकाको दमकल, प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाइएको जोशीले बताए।
लोकबहादुरको तीनतले घर जलेर नष्ट भएको छ। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
