मूल्यवृद्धि भएपछि पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ, डिजेल र मट्टितेल १७५ रुपैयाँ पुगेको छ।
काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँका दरले बढाएको हो।
निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ। अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १७५ रुपैयाँ पुगेको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार ८०० रुपैयाँ रहेको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट माघ १८ गते प्राप्त नयाँ खरिद मूल्ययसूची अनुसार मूल्य बढाएको निगमको दाबी छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
