भूकम्पबाट प्रभावित अधिकांश प्रान्तमा माइनस १० डिग्री सेल्सियस तापक्रम भएकाले खोजी तथा उद्धारमा कठिनाइ भएको बताइएको छ।
टर्की र सिरियाको सीमा क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ। बीबीसीका अनुसार अहिलेसम्म २ हजार ३०० व्यक्तिको मृत्यु भएको छ भने हजारौँको संख्यामा घाइते भएका छन्।
१० घण्टाभित्र तीनवटा शक्तिशाली भूकम्प गएपछि मानवीय क्षति बढेको हो। ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुगेको छ।
स्थानीय समयअनुसार बिहान ४:१७ मा तुर्किएको दक्षिणी प्रान्त कहरामनमारासमा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियन्टेपमा ६.४ म्याग्निच्युडको भूकम्प र दिउँसो १:२४ मा ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो।
विपद् व्यवस्थापन प्राधिकरणले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ। टर्किस रेड क्रिसेन्ट र एएफएडीबाट उद्धार टोली भूकम्पग्रस्त क्षेत्रमा पठाइएको थियो। प्राधिकरणले ९ हजार ८९६ खोज एवं उद्धार कर्मचारी र २१६ सवारी साधन विपद् प्रभावित क्षेत्रहरूमा पठाइएको बताएको छ।
टर्की सेनाले इस्तानबुल, अंकारा र इज्मिर प्रान्तबाट १८ वटा विमानसहित कर्मचारी पठाएको सैन्य विज्ञप्तिमार्फत जनाएको छ।
टर्कीको रक्षा मन्त्रालयले खोज र उद्धार कार्यलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा हवाई करिडोर स्थापना गरिइएको जनाएको छ।
भूकम्पबाट प्रभावित अधिकांश प्रान्तमा माइनस १० डिग्री सेल्सियस तापक्रम भएकाले खोजी तथा उद्धारमा कठिनाइ भएको बताएइको छ। भूकम्पग्रस्त क्षेत्रमा हिम पहिरो गइरहेका कारण पनि समस्या उत्पन्न भएको छ। मौसम सेवाले बिहीबारसम्म दक्षिणपूर्वी टर्कीमा वर्षा र हिमपातको पूर्वानुमानसमेत गरेको छ।
अहिले विभिन्न राष्ट्रले टर्कीलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको राष्ट्रपति रेसेप तैयप एर्दोगानले बताएका छन्। उनका अनुसार भूकम्पपछि करिब ४५ देशबाट टर्कीलाई सहयोगको प्रस्ताव आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
