झापामा १० हजार ५०० हेक्टर क्षेत्रफलमा चियाखेती गरिन्छ। उक्त चियाखेतीका लागि वार्षिक एक हजार ५०० मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ।
झापा– नेपालमा चियाको सर्वाधिक खेती र उत्पादन हुने जिल्ला हो, झापा। राजमार्गबाट होस् या ग्रामीण क्षेत्र डुल्दा नै किन नहोस्, चियाका बुट्टा र कारखाना प्रशस्त देख्न पाइन्छ।
हजारौँ मजदुर र किसान यसमा आश्रित छन्। तर, २०७७ सालदेखि सरकारले चियाखेतीका लागि रासायनिक मल उपलब्ध गराउन छाडेको नेपाल चिया उत्पादक संघका महासचिव शिवकुमार गुप्ताले बताए। नेपालले चिया निर्यात गरेर बर्सेनि करोडौँ विदेशी मुद्रा आर्जनसमेत गर्दछ। यद्यपि चियाखेतीलाई आवश्यक पर्ने रासायनिक मल सरकारले उपलब्ध नगराएपछि तस्करी गरेर भित्र्याउन बाध्य हुनुपरेको उनको गुनासो छ।
चिया व्यवसायमा लागेकाहरू रासायनिक मलखादको व्यवस्था नगरिएकामा सरकारसँग असन्तुष्ट छन्। उद्योगीले भरपर्दो संयन्त्र बनाएर चियाखेतीका लागि रासायनिक मलको व्यवस्था मिलाउन माग गरिरहेका छन्। चिया गोडमेल र मलखाद प्रयोग गर्ने बेला शुरू भएकाले मलको यथाशीघ्र व्यवस्था हुनुपर्ने उद्योगीको माग छ। चिया बगानमा युरिया, डीएपी, पोटास, एमोनिया सल्फेटलगायतका रासायनिक मल जरुरत हुन्छ। २०७६ सालयता सरकारी कोटामा मल नपाइएको महासचिव गुप्ताले बताए।
उद्योगीले समस्या समाधानका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, कृषि ज्ञान केन्द्र, कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङलगायतका निकायलाई समन्वयकारी भूमिका निर्वाह गर्नसमेत आग्रह गरेका छन्।
साना चिया किसानको हकमा चिया सहकारीलाई डिलर दर्ता गरी मल उपलब्ध गराउन र ठूला चिया कम्पनीको हकमा प्रदेश वा केन्द्र सरकारमार्फत कोटा निर्धारण गरी मल उपलब्ध गराउन सकिने संघका महासचिव गुप्ताले बताए। झापामा १० हजार ५०० हेक्टर क्षेत्रफलमा चियाखेती गरिन्छ।
उक्त चियाखेतीका लागि वार्षिक एक हजार ५०० मेट्रिक टन रासायनिक मल आवश्यक हुने बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले जानकारी दिए। चिया उत्पादक संघका सहसचिव विनयकुमार गोयलले मलका लागि पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
