प्रतियोगिताका लागि एन्फाले सातदोबाटोस्थित मुख्य कार्यालयको मैदानमा खुला छनोटमार्फत खेलाडी छनोट गरेको थियो।
काठमाडौँ– बंगलादेशमा आयोजना हुने यूईएफए असिस्ट यू–१७ महिला च्याम्पियनसिप २०२३ का लागि प्रारम्भिक टोलीमा २८ खेलाडीलाई बोलाएको छ। बिहीबार प्रारम्भिक टोलीमा २८ खेलाडीलाई बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको हो।
मार्च २० देखि ३१ सम्म बंगलादेशमा हुने प्रतियोगिताका लागि एन्फाले मुख्य प्रशिक्षकमा भगवती राना मगरलाई नियुक्त गरेको छ। राणाको नेतृत्वमा यू–१५ राष्ट्रिय महिला टोलीले बंगलादेशमा भएको साफ यू–१५ महिला च्याम्पियनसिपमा ऐतिहासिक उपाधि जिताएकी थिइन्।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले यूईएफए असिस्ट प्रोग्रामअन्तर्गत प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिताका लागि एन्फाले सातदोबाटोस्थित मुख्य कार्यालयको मैदानमा खुला छनोटमार्फत खेलाडी छनोट गरेको थियो। जनवरी २६, २७, ३१ र फेब्रुअरी १ र २ गरी पाँच दिन खुला छनोट गरिएको थियो।
प्रारम्भिक टोली:
गोलकिपरः सुजाता तामाङ (चितवन), राधिका ओली (दाङ), पुष्पा रोकाया (कैलाली) र करूणा बुढाथोकी (बारा)
डिफेन्डरः अमिता भुल (कैलाली), माया मास्के (स्याङ्जा), झुमा विश्वकर्मा (मोरङ), विपना स्नेही (कैलाली), सीता रोकाया (कैलाली), लिला चन्द (कैलाली), अञ्जना पुन मगर (दाङ), प्रेरणा डोल्मा लामा (सर्लाली), दिपा मगर (उदयपुर), सिमरन राई (झापा) र रेणु लिम्बु चाबेगु (झापा)
मिडफिल्डरः रूपा लिम्बु (मोरङ), दिलमाया घिसिङ (बारा), भावना परियार (स्याङ्जा), विकासकुमारी चौधरी (कैलाली), सुमी हाङ्मा राई (सप्तरी), सुक्रिया मिया (स्याङ्जा), काजल स्याङ्तान (रौतहट), सुशीला केसी (चितवन) र पुनम चेम्जोङ (पाँचथर)
फरवार्डः सेनु परियार (नवलपुर), दीपा रोकाया (कैलाली), वर्षा ओली (कैलाली) र कविता गुरुङ (रौतहट)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
