यू–१९ टोलीका मुख्य प्रशिक्षक टमाटाले सिनियर टोलीलाई मैदान चाहिने भएपछि आफूहरू थप प्रशिक्षणका लागि पोखरा हिँडेको बताए।
काठमाडाैँ– आईसीसी यू–१९ विश्वकप एशियाली छनोटको तयारी गरिरहेको नेपाली राष्ट्रिय टोली मैदान अभाव भएपछि प्रशिक्षणका लागि पोखरा प्रस्थान गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रशिक्षण गरिरहेको टोली शुक्रबार पोखरा प्रस्थान गरेको हो।
मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा नेपाली टोलीले एक महिनादेखि प्रशिक्षण गरिरहेको थियो। तर, त्रिवि क्रिकेट मैदानमा फागुन २ गतेदेखि आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय शङ्खला हुँदै छ। त्यसैले यू–१९ टोलीलाई पोखरा पठाइएको नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहाक सचिव दुर्गाराज पाठकले जानकारी दिए। “मूलपानीमा प्रशिक्षण गर्न मिल्ने अवस्था छैन। कीर्तिपुरमा सिनियर टाेलीकाे प्रतियाेगिता छ। त्यसैले यू–१९ टोलीलाई प्रशिक्षणका लागि पोखरा पठाएका हौँ,” उनले उकालोसँग भने।
क्यानले आसन्न लिग–२ का लागि सिनियर टोलीको प्रशिक्षण पनि यसै मैदानमा गराइरहेको थियो। यू–१९ टोलीले बिहान र सिनियर टोलीले दिउँसोको सत्रमा प्रशिक्षण गरिरहेका थिए।
यू–१९ टोलीका मुख्य प्रशिक्षक टमाटाले पनि सिनियर टोलीलाई नै मैदान चाहिने भएपछि आफूहरू थप प्रशिक्षणका लागि पोखरा हिँडेको बताए। “लिग–२ का खेलहरू त्यही मैदानमा हुँदैछ। त्यसैले हामी पोखरा हिँडेका हौँ,” उनले भने।
उनका अनुसार टोलीले केही दिन पोखरामै प्रशिक्षण गर्नेछ। त्यसपछि क्यानले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न अनुमति दिए उतै प्रस्थान गर्नेछ। अनुमति नपाए टोली सिधै छनोट खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्नेछ।
नेपाल रहेको डिभिजन–१ मा यूएईसँगै सिंगापुर, कुवेत, हङकङ र मलेसिया छन्। नेपालले फागुन १२ गते सिंगापुर, १३ गते कुवेत, १५ गते हङकङ, १६ गते मलेसिया र १८ गते अन्तिम खेल यूएईविरुद्ध खेल्ने छ। विजेता टोलीले सन् २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
