नेपाली राष्ट्रिय क्रिकेटको प्रारम्भिक टोलीबाट विकेटकिपर शरद भेषवाकरसहित १० खेलाडी बाहिरिएका छन्।
काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेटको प्रारम्भिक टोलीबाट विकेटकिपर विनोद भण्डारी र शरद भेषवाकरसहित १० खेलाडी बाहिरिएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार फागुन २ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)अन्तर्गत नामिबिया, स्कटल्यान्ड र नेपालसम्मिलित शङ्खलाको लागि दोस्रो चरणको टोली घोषणा गरेको हो।
दोस्रो चरणको छनोटमा भण्डारीसहित शरद भेषवाकर, सिद्धान्त लोहनी, अविनाश बोहोरा, विवेक यादव, अनिल शाह, विक्रम शोव, सागर ढकाल र भुवन कार्की टोलीमा परेका छैनन्।
यस्तै, क्यानले नाबालिग बलात्कारको अभियोग लागेका लेग स्पिनर सन्दीप लामिछानेलाई प्रशिक्षणमा बोलाएको छ। क्यान छनोट समितिले उनलाई श्रृंखलाका लागि बन्द प्रशिक्षणमा बोलाएको हो।
बलात्कारको अभियोग लागेपछि क्यानले उनलाई भदौ २३ गते निलम्बन गरेको थियो। जिल्ला अदालत, काठमाडौँले उनलाई पुर्पक्षका लागि कारागार पठाएको थियो। गत पुस २८ गते उच्च अदालत, पाटनले २० लाख धरौटीमा रिहा गर्न आदेश दियो।
रिहा भएसँगै उनले खेल्न पाऊँ भनेर क्यानमा निवेदन दिएका थिए। क्यानको बोर्ड बैठकले उनलाई निलम्बन फुकुवा गरेर आसन्न श्रृंखला खेल्ने बाटो खुला गरेको थियो। सन्दीप यसअघि नै बन्द प्रशिक्षणमा रहेका खेलाडीसँगै अभ्यास गरिरहेका थिए।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
