सिमसार क्षेत्र जीवजन्तु तथा वनस्पतिका लागि महत्त्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्नुपर्ने संरक्षणकर्मी बताउँछन्।
कञ्चनपुर– बिहीबार विश्व सिमसार दिवस मनाइँदै छ। पछिल्लो समय संरक्षण अभावमा सिमसार क्षेत्र मासिँदै गएका छन्।
मानव र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन। सिमसार क्षेत्र असङ्ख्य जीवजन्तु तथा वनस्पतिका लागि महत्त्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको संरक्षणकर्मी बताउँछन्। वन्यजन्तु र मानिसलाई आवश्यक पर्ने पानीको उपलब्धतामा सिमसारको महत्त्वपूर्ण योगदान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए।
“तालतलैया, पोखरीको सांस्कृतिक महत्त्व छ। यो मानवीय परम्परासँग जोडिएको छ,” उनले भने, “कसैले माछा मार्ने, कसैले पूजा गर्नेलगायत क्रियाकलाप भइरहेका हुन्छन्।” सिमसारले तल्लो तटीय भूभागमा पानीको ‘रिचार्ज’ बढाउन र हावापानीको सन्तुलन मिलाउन महत्त्वपूर्ण भूमिका खेल्ने ऐरको भनाइ छ। सिमसार क्षेत्र जोगाउन धेरै चुनौती रहेको उल्लेख गर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका ताल पुरिन लागेको उनले बताए। “निकुञ्जभित्र हामीले बेलाबेला सरसफाइ गर्ने गरेका छौँ। ताल पुरिने समस्या छ,” ऐरले भने, “निकुञ्जभित्र रहेको रानी ताल सुकिसकेको छ।”
जलकुम्भीले सिमसार क्षेत्र ओगट्ने गरेको छ। सिमसारमा हुने घाँसको तत्त्वले वर्षाको पानीलाई सोस्ने काम गर्छ जसले गर्दा बाढीलाई समेत रोक्ने संरक्षणकर्मी बताउँछन्। सिमसारले मानव समुदायलाई निःशुल्क वातावरणीय सेवा तथा जीवनयापनका सामग्री उपलब्ध गराइरहेको विज्ञान विषयका शिक्षक चेतन बोहरा बताउँछन्। “जैविक विविधता र पारिस्थितिक सन्तुलन कायम गर्न पनि सिमसार महत्त्वपूर्ण छ यसको संरक्षणमा जोड दिनुपर्छ,” उनले भने, “सिमसार क्षेत्र जोगाउन स्थानीय सरकारले विशेष पहल गर्नु आवश्यक छ।” उनले यहाँका बेतकोट ताल, झिलमिला ताललगायतका सिमसार क्षेत्र पुरिन थालेको सुनाए।
सिमसार क्षेत्रमा सयौँ जलीय र स्थलीय बोट बिरुवा र जनावरलाई आश्रय दिएको वन विज्ञान प्रतिष्ठान पोखरा क्याम्पसमा अध्ययनरत विद्यार्थी रितु जोशीले बताइन्। “सिमसार, उभयचर, सरीसृप तथा फिरन्ते चराको प्रजननको लागि पनि उत्तिकै महत्त्वपूर्ण छ,” उनले भनिन्, “सिमसार क्षेत्रले बाढी नियन्त्रणसमेत गर्दछ।” कञ्चनपुरमा रहेका सिमसार क्षेत्र पनि कतै अतिक्रमण र कतै बर्सेनि पुरिँदै गएको जोशीले बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
