रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई खारेज गर्नुपर्ने माग गर्दै युवराज पौडेलले निर्वाचन आयोगमा निवेदन दिएका छन्।
काठमाडौँ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेजी गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। लामिछानेको नागरिकताका सम्बन्धमा सर्वोच्च अदालतमा रिट दिएका युवराज पौडेलले आयोगमा मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग राख्दै उजुरी दिएका हुन्।
पौडेलले आयोगमा बुझाएको पत्रमा सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकतालाई कानूनी हैसियत नदिएकाले उनले दर्ता गरेको दल पनि अवैधानिक भएको भन्दै उक्त दललाई खारेज गर्नुपर्ने जिकिर गरेका छन्। उनले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २१ मा राजनीतिक दलले गर्न नहुने कामअन्तर्गत रहेर दल दर्ता खारेज गर्न माग गरेका हुन्।
“एउटा गैरनागरिक उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा उप दफा ख र ग बमोजिमका राष्ट्रिय गोपनीयता भंग हुने कार्य भएका छन्। अतः राष्ट्रिय हितभन्दा बाहिर गई यस्ता कार्य भएको हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी खारेज भागी छ, तत्काल खारेज गरिपाऊ”, निवेदनमा भनिएको छ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा २१ को उपदफा ‘ख’मा राजनीतिक दलहरूले राष्ट्रको विरुद्ध जासुसी गर्न/गराउन नहुने र ‘ग’मा राष्ट्रिय गोपनीयता भंग गर्न नहुने व्यवस्था रहेको छ।
सर्वोच्चले लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया नपुर्याएको भन्दै सांसद पद बदर गरिदिएको थियो। अदालतको फैसलासँगै उनको उपप्रधानमन्त्री तथा अर्थमन्त्री पद गुमेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पदसमेत गुमेको भए पनि उनले नागरिकता पुनः प्राप्ति गरेपछि पार्टीले उनलाई पुनः पार्टी सभापति चयन गरेको थियो।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
