महिलातर्फ कप्तान रूविना क्षेत्री, सीता राना मगर र इन्दु बर्मा ‘ए’ ग्रेडमा रहेका छन्।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले ६ महिनाका लागि १८ जना पुरुष र १२ जना महिला खेलाडीलाई केन्द्रीय करारमा राख्ने निर्णय गरेको छ।
अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा मंगलबार पोखरामा बसेको बैठकले सन् २०२३ जनवरीदेखि जुनसम्म उनीहरूलाई केन्द्रीय करारमा राख्ने निर्णय गरेको हो। क्यानका अनुसार पुरुषतर्फ पूर्वकप्तान ज्ञानेन्द्र मल्ल ‘बी’ ग्रेडमा झरेका छन्। उनीसँगै यो ग्रेडमा आरिफ शेख र कुशल भुर्तेल पनि छन्।
कप्तान रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख ‘ए’ ग्रेडमा परेको क्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यस्तै, कमलसिंह ऐरी, विनोद भण्डारी, गुलशनकुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललितनारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव ‘सी’ ग्रेडमा रहेका छन्।
यसैगरी महिलातर्फ कप्तान रूविना क्षेत्री, सीता राना मगर र इन्दु बर्मा ‘ए’ ग्रेडमा रहेका छन्। काकोल श्रेष्ठ, कविता कुँवर र अस्मिता कर्माचार्य ‘बी’ ग्रेडमा रहेका छन्।
यस्तै कविता जोशी, विन्दु रावल, अप्सरी बेगम, संगीता राई, ममता चौधरी र ज्योति पाण्डे ‘सी’ ग्रेडमा परेको क्यानले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
