भूकम्पले क्षतिग्रस्त ११ सम्पदाको पुनःनिर्माण भइरहेको र १६ सम्पदाको हुन बाँकी रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रका ६३ सम्पदाको पुनःनिर्माण भएको छ।
२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रका ९० सम्पदामध्ये ६३ को पुनःनिर्माण भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए। भूकम्पले क्षतिग्रस्त ११ सम्पदाको पुनःनिर्माण भइरहेको र १६ सम्पदाको हुन बाँकी रहेको कोषले जनाएको छ।
स्रोत सुनिश्चितता नभएपछि यी सम्पदाको काम हुन नसकेको हो। हालसम्म जयवागेश्वरी, जीतजगप्रकाशेश्वर मन्दिर, गौरीघाट चौघेरा सत्तल, मृगस्थली क्षेत्रका शिवालय, दाफा भजन पाटी, कुलानन्द झा सत्तल, शंकराचार्य मन्दिर, घ्याम्पेपाटीलगायत सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ।
विश्वरूप पुनःनिर्माणका लागि चालु आवको बजेट सकिएको छ। अहिले यसको काम रोकिएको थापाले बताए। हालै पुनःनिर्माण सकिएको जयवागेश्वरी मन्दिर माघ २० गते उद्घाटन गर्ने तयारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
