पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १०० पुगेको छ।
उत्तरपश्चिम पाकिस्तानको एक मस्जिदमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १०० पुगेको छ। प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसोको प्रार्थनाको समयमा आक्रमण भएको थियो।
लेडी रिडिङ हस्पिटलका प्रवक्ता मोहम्मद असिमले अस्पतालमा अहिलेसम्म १०० वटा शव ल्याइएको बताएका छन्। उनका अनुसार ५३ घाइतेको अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये सात जनाको आईसीयूमा उपचार भइरहेको छ। उनले घाइतेहरू सबै खतरामुक्त रहेको बताएका छन्।
पेशावरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले मारिनेमा ९० प्रतिशतभन्दा बढी प्रहरी नै रहेको बताएका छन्। विस्फोटअघि करिब ४०० जना मस्जिदमा प्रार्थनाका लागि भेला भएका थिए। प्रार्थना शुरू गरेको केही सेकेन्डपछि विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन्। भग्नावशेषबाट अझै शवहरू निकाल्ने कार्य जारी रहेको बताइएको छ।
प्रहरीलाई लक्षित गरेर गराइएको विस्फोटको जिम्मा तेहरिक-ए-तालिबान पाकिस्तानले लिएको छ। उक्त विस्फोटको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस, इस्लामावादस्थित साउदी अरबको दूतावास, अमेरिकासहित विभिन्न देश तथा निकायले निन्दा गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
