प्रतितोला ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार एक लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। सोमबारको तुलनामा प्रतितोला ५०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन मंगलबार एक लाख पाँच हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार ३०० रुपैयाँ छ। त्यस्तै चाँदीको मूल्य भने स्थिर छ।

चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक मूल्य तोक्दै आएको छ।