पाकिस्तानको पेशावर शहरस्थित एक मस्जिदमा विस्फोट हुँदा कम्तिमा २८ जनाको ज्यान गएको छ भने १५० जना घाइते भएका छन्।
काठमाडौँ– पाकिस्तानको पेशावर शहरस्थित एक मस्जिदमा सोमबार विस्फोट हुँदा कम्तिमा २८ जनाको मृत्यु भएको छ भने १५० जना घाइते भएका छन्।
मस्जिदमा दिउँसोको प्रार्थनाका लागि घुइँचो लागेका बेला विस्फोट भएको थियो। यो मस्जिद अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पर्छ। विस्फोटको जिम्मा कसैले लिएको छैन।
विस्फोटपछि धेरै मानिस मस्जिदको भग्नावशेषमा पुरिएकाले उद्धार र खोजी भइरहेको पेशावरका प्रहरी अधिकारी रियाज मेहसुदलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यम द डनले उल्लेख गरेको छ। विस्फोटपछि शहरमा आपत्काल घोषणा गरिएको छ। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले बताएका छन्।
अस्पताल पुर्याइएका अधिकांश घाइतेको अवस्था गम्भीर रहेको पेशावरस्थित ‘लेडी रिडिङ अस्पताल’की प्रवक्ताको भनाइ छ।
विस्फोटअघि घटनास्थलनजिकै ४०० जति प्रहरी परिचालित रहे पनि सुरक्षा त्रुटि हुन गएको पेशावर शहरका प्रहरी अधिकृत मुहाम्मद इजाज खानको भनाइ छ।
पाकिस्तानका प्रधानमन्त्री शेवाज शरीफले घटनाको निन्दा गरेका छन्। घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आक्रमणकारीको इस्लामसँग कुनै सम्बन्ध छैन। सम्पूर्ण मुलुक आतंकवादको विरोधमा छ।”
इस्लामवाद प्रहरीले कडा सुरक्षा व्यवस्था लागू गर्न निर्देशन दिँदै पेशावर प्रवेश गर्ने र त्यहाँबाट बाहिरिने सबै सीमामा कडाइ गर्न भनेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
