फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने निर्णय भएको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जनाएका छन्।
काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते गर्ने भएको छ। आयोगको सोमबार बसेको बैठकले दलहरूको सुझावअनुसार फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने निर्णय गरिएको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जनाएका छन्।
“हामीले सबै परिस्थिति हेरेर राष्ट्रपतिको निर्वाचन फागनु २५ गते गर्ने निर्णय गरेका हौँ। त्यसैअनुसार दलहरूले तयारी गर्नुपर्ने हाम्रो निष्कर्ष छ,” थपलियाले भने।
उनका अनुसार उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गते गर्ने निर्णय भएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनको आगामी चैत ४ गते कार्यकाल सकिँदै छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्षको कार्यकाल आगामी फागुन २९ मा सकिँदैछ। त्यसको चार दिनअघि नयाँ राष्ट्रपतिका लागि आयोगले निर्वाचन गर्ने निर्णय गरेको हो।
राष्ट्रपति पदका लागि नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेबीच विवाद हुने संकेत देखिएका बेला आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
