मेयर शाहले गैरकानुनी ढंगले महानगरपालिकाभित्र डोजर आतंक फैल्याउने काम गरेको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले उनीविरुद्ध प्रदर्शन गरेको छ।
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन भएको छ।
मेयर शाहले गैरकानुनी ढंगले महानगरपालिका भित्र डोजर आतंक फैल्याउने काम गरेको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, काठमाडौँको आह्वानमा आइतबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो।
प्रदर्शनका क्रममा उनीहरूले जनप्रतिनिधि भएर जनतालाई दुःख दिने काम नगर्न मेयर शाहलाई चेतावनी समेत दिएका छन्।
मेयर शाहले नागरिकको सम्पत्तिको अधिकारमाथि समेत हनन् हुनेगरी डोजर आतंक फैल्याउने काम गरेकाले त्यसो हुन नदिनका लागि खबरदारी गर्न आफूहरू प्रदर्शनमा आउनु परेको नागरिक अगुवा सुमन सायमीले बताए।
उनले जनताको प्रतिनिधि भएर मेयर शाहले जनताले दुःख दिने काम गरिरहे सह्य नहुने चेतावनी समेत दिए।
प्रदर्शनकारीहरूले गैरकानुनी ढंगले संविधानले व्यवस्था गरेको भूमिको अधिकार, व्यक्तिगत सम्पत्तिको अधिकार हनन गरेर मेयर शाहले ज्यादती गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।
उनीहरूले विना सूचना, विना प्रमाण सडक विस्तारको नाममा गैरकानुनी ढंगले सूचना समेत नदिई व्यक्तिगत सम्पत्तिमाथि डोजर चलाउने काम तत्काल बन्द गर्न पनि काठमाडौँ महानगरपालिकालाई सचेत गराएका छन्
प्रर्दशनकारीले आदिवासीको भूमिको अधिकार सुनिश्चित गर, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर, डोजर आतंक बन्द गर, महानगरको ज्यादती बन्द गर लगायतका नाराबाजी गरेका थिए।
काठमाडौँ महानगरपालिकाले गैरकानुनी ढंगले व्यक्तिको सम्पत्तिमाथि समेत डोजर चलाउने काम गरेपछि स्थानीयले त्यसको विरोधमा प्रदर्शन गर्दै आएका छन्।
अब पनि आफूहरूलाई थप पीडा दिने काम गरे सह्य नहुने प्रदर्शनकारीहरूको चेतावनी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
