राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार यस वर्षको एसईई चैत १७ गतेदेखि २९ सम्म हुनेछ।
काठमाडौँ– यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १७ गतेदेखि शुरू हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार परीक्षा चैत २९ सम्म हुनेछ।
बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन चैत १७ गते शुक्रबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने र सोही दिन वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अङ्ग्रेजीको परीक्षा हुने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।
चैत १९ आइतबार अनिवार्य गणित, २० गते सोमबार अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीका लागि अङ्ग्रेजीको परीक्षा हुनेछ। चैत २२ बुधबार अनिवार्य विज्ञान र वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुने भएको छ भने चैत २३ बिहीबार अनिवार्य सामाजिक अध्ययन तथा प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट एन्ड मार्केटिङ, इन्जिनियरिङ ड्रइङ, कम्प्युटर रिपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ।
यसैगरी चैत २४ गते शुक्रबार अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, वेद विद्याश्रमतर्फ कर्मकाण्ड, फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, प्राविधिक धारतर्फ जलीय कृषि तथा मत्स्यपालन, इलेकट्रिकल म्यानेजमेन्ट एन्ड इन्स्टल्मेन्ट, कम्प्युटर नेटवर्किङ, इन्जिनियरिङ सर्भेइङ्ग र म्युजिक अफ नेपालको परीक्षा हुनेछ।
साथै चैत २५ शनिबार साधारण तथा संस्कृततर्फ ऐच्छिक प्रथमपत्रका सबै विषय, वेद विद्याश्रमतर्फ वेद तथा नीति शास्त्र र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ । चैत २६ गते आइतबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयपत्रका विषय, वेद विद्याश्रमतर्फ ऐच्छिक द्वितीयपत्रका सबै विषय, प्राविधिक धारतर्फ भेजिटेवल एन्ड मेडिसिनल प्लान्ट प्रोडक्सन, डेरी एन्ड डेरी प्रडक्सन, युटिलाइजेसन अफ इलेक्ट्रिक इनर्जी, डाटावेस म्यानेजमेन्ट सिस्टम, बिल्डिङ कन्स्ट्रक्सन, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ।
चैत २७ गते सोमबार प्राविधिक धारतर्फ क्रप प्रोडक्सन, स्मल रुमेण्ट प्रोडक्सन एन्ड म्यानेजमेन्ट, इलोक्ट्रिोनिक्स डिभाइस एन्ड सर्किट, वाटर रिसोर्सेस इन्जिनियरिङ र इन्स्ट्रुमेण्ट किबोर्डको परीक्षा हुनेछ। चैत २८ गते मङ्गलबार प्राविधिक धारतर्फ इण्ड्रष्ट्रियल इन्टोमोलोगी एन्ड मसरुम, एनिमल हेल्थ, इलेकट्रिकल मेसिन, माइक्रो प्रोसेस, हाइवे इन्जिनियरिङ, म्युजिक बिजनेस एन्ड प्रोग्राम म्यानेजमेन्टको परीक्षा हुनेछ।
परीक्षाको अन्तिम दिन चैत २९ गते बुधबार प्राविधिकतर्फ नै फ्लोरिकल्चर एन्ड नर्सरी म्यानेजमेन्ट, भेटेरेनरी ल्याव्रोटरी टेक्निक, इन्ड्रष्ट्रियल इन्स्टलेसन एन्ड मेन्टिनेन्स, अब्जेक्ट ओरेन्टेड प्रोग्रामिङ, इष्टिमेटिङ कस्टिङ एन्ड सुपरभिजन र ऐच्छिक विषयको गायन, सङ्गीत, वाद्यवादन र नृत्यको परीक्षा हुने भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
