राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाललाई तोकेकी छन्।
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तोकेकी छन्। शनिबार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको कार्यभार तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।
"गृहमन्त्री रवि लामिछानेले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम गृह मन्त्री पदबाट राजीनामा दिनुभएकाले प्रधानमन्त्रीको सिफारिसमा गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्हाल्ने गरी तोक्नु भएको छ", राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले प्रयोग गरिरहेको नागरिकताको कानूनी हैसियत नरहेको ठहर गर्दै सांसद पद बदर भएको फैसला गरेको थियो। अदालतको फैसलासँगै लामिछानेको उपप्रधानमन्त्री तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पदसमेत गुमेको छ।
सर्वोच्चले लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि सुनुवाइ गर्दै सांसद पद खारेज गरेको थियो। लामिछाने चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
