कार्गोका लागि खुला व्यापार क्षेत्र, एभिएसन प्रशिक्षण केन्द्र, विमान मर्मत तथा पार्टपुर्जाको जाँच सुविधा उपलब्ध हुने 'एभिएसन सिटी'ले १५ हजारभन्दा बढीलाई रोजगारी दिने बताइएको छ।
थाइल्यान्डले यसै वर्ष ९ अर्ब डलर लगानीमा 'एभिएसन सिटी' बनाउने तयारी गरेको छ।
पर्यटकीय क्षेत्र पटायादेखि ३० किलोमिटरको दूरीमा रहेको रायोङ प्रान्तस्थित उतपाओमा एभिएसन सिटीको निर्माण परियोजना शुरू भएको सरकारका प्रवक्ता तिपानान सिरीचनाले बताएका छन्।
‘एस्टर्न एभिएसन सिटी’ नाम दिइएको यस परियोजन सम्पन्न भएको पहिलो पाँच वर्षमा १५ हजार ६०० जनाले रोजगारी पाउने र हवाई उद्योगको विकासमा सहयोगी बन्ने उनको भनाइ छ।
भियतनाम युद्धका बेलाको उतपाओ विमानस्थललाई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा बिस्तार गरी दोन मुआङ विमानस्थलको बजेट टर्मिनल र बैंककस्थित सुवर्नभूमि विमानस्थलसँग जोडिने रोयटर्सले जनाएको छ।
परियोजनाले थाइल्यान्डको पूर्वी औद्योगिक क्षेत्रको १ हजार ४० हेक्टर क्षेत्रफल ओगट्ने छ। सार्वजनिक–नीजि साझेदारी मोडलको सो परियोजनाले थाइल्यान्डमा पर्यटक आकर्षण गर्ने उद्देश्य लिएको सिरीचनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘इस्टर्न एभिएसन सिटी’ कार्गोका लागि खुला व्यापार क्षेत्र हुनुका साथै एभिएसन प्रशिक्षण केन्द्र, विमान मर्मत तथा पार्टपुर्जाको जाँचलगायत अधिकांश सुविधा यहाँ उपलब्ध हुने सरकारी वेभसाइटमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
