सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई राष्ट्रिय सूचना आयोगले १५ हजार रुपैयाँ जरिबाना गरेको छ।
काठमाडौँ– नागरिकले मागेको सूचना नदिने सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई राष्ट्रिय सूचना आयोगले कारबाही गरेको छ।
आयोगको आदेशपश्चात् पनि सूचना दिन बेवास्ता गरेपछि यादवलाई १५ हजार रुपैयाँ जरिबाना गरिएको राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले बताए। आयोगको बिहीबार बसेको इजलासले जरिबाना तोकेको उनले बताए।
सिरहा नगरपालिका– ७ का परशुराम शाहले नगरपालिकामा सूचना माग गरेका थिए। तर, नपाएपछि उनले गत जेठ २३ मा यादवविरुद्ध आयोगमा पुनरावेदन गरेका थिए।
यादवलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा १ बमोजिम कारबाही गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
